किराना पसलबाट निस्किएको विषालु ग्यासले यसरी लियो ११ जनाको ज्यान !

डिसी नेपाल
१७ वैशाख २०८० १४:३९

काठमाडौं । भारतको पञ्जाबको लुधियानामा भएको दर्दनाक दुर्घटनामा ११ जनाको ज्यान गएको छ । किराना पसलमा ग्यास चुहिएर दुर्घटना भएको हो । नालीबाट ग्यास लिक भएको प्रत्यक्षदर्शीले दाबी गरे पनि प्रहरी प्रशासनले लिक हुनुको कारण भने खुलाएको छैन । यस विषयमा अनुसन्धान भइरहेको छ ।

नालीबाट धुवाँ निस्किएको देखेको प्रत्यक्षदर्शी अरविन्द चौबेले बताए । पछिल्लो समय परेको वर्षाका कारण नाली थुनिएको चौबेले बताए । त्यसैले नालीबाटै ग्यास निस्किएको हुनसक्ने सम्भावना छ । चौबेले आफूले मानिस बेहोस भएको भिडियो पनि बनाएको दाबी गरेका छन् ।

यस विषयमा प्रहरी प्रशासन अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेको छैन । लुधियानाका उपायुक्त सुरभी मलिकले ११ जनाको मृत्यु भएको पुष्टि भएको बताए । तर ग्यास केबाट लिक भएको हो भन्ने अहिले नै टुंगो लगाउन सकिँदैन । अहिले पनि केही क्षेत्रमा ग्यासको दुर्गन्ध फैलिएको छ । यो दुर्घटनामा परी धेरै मानिस बेहोस भएर अस्पताल पुगेका छन् ।

ग्यास लिक भएको ठाउँबाट अलि टाढा बस्ने डा शम्भुनारायण सिंहले भारतीय मिडिया आजतकलाई बताए अनुसार ग्यास चुहिएपछि उनको घरका ५ जना बेहोस भएका थिए तर उनलाई घर नजिक जान दिइएन ।

घटनास्थलमा उपस्थित अन्जलकुमारले आफ्नो काकाको यहाँ आरती क्लिनिक नामको पसल रहेको बताए । उनको सम्पूर्ण परिवार बेहोस भयो। कतिपयको मृत्यु पनि भएको छ । अञ्जलले आफ्नो परिवारका सदस्यको शरीर पूरै निलो भएको बताए ।

ग्यास चुहावटपछि घटनाका धेरै भिडियोहरु पनि बाहिरिएका छन् । भिडियोमा पीडित अञ्जल कुमारले प्रहरी प्रशासनलाई मृतकको शव र परिवारका अचेत व्यक्तिलाई निकाल्न सहयोग गरिरहेको देख्न सकिन्छ । उनकी आमालाई प्रहरीले ब्यारिकेडमा रोकेको छ ।

ग्यास पूर्ण रूपमा समाप्त नभएसम्म उक्त क्षेत्रमा नजान मानिसहरूलाई चेतावनी दिइएको छ। उपायुक्तले ढल निकासका म्यानहोलबाट नमूना लिइएको पनि बताए । गनले भने ‘ताकि हामी जान्न सकौं कि यो सबै आखिर कसरी भयो ?’ प्रहरीले वरपरका सिसिटिभी क्यामरा पनि स्क्यान गरिरहेको छ । ढल निकासमा केमिकल मिसिएको हुनाले विषाक्त ग्यास लिक भएको हुनसक्ने आशंका पनि छ ।

गोयल किराना स्टोरबाट ग्यास लिक भएको बताइएको छ । यो किराना पसलमा सामान किन्न गएका एक व्यक्ति पनि बेहोस भए । उनलाई लिन अरु मानिस पुग्दा उनीहरू पनि बेहोस भए । पसलभित्र राखिएका ४ वटा ड्रिप फ्रिजरबाट पनि ग्यास लिक हुन सक्ने भन्दै प्रहरी प्रशासन आशंकामा छ । एनडीआरएफको टोली घटनास्थलमा पुगेको छ । सम्पूर्ण क्षेत्र खाली गरी सिल गरिएको छ।

मृत्यु हुनेमा ५ महिला र ६ पुरुष रहेका छन् । मृत्यु हुनेमा सौरभ (३५), वर्षा (३५), आर्यन (१०), चोलु (१६), अभय (१३), अपरिचित महिला (४०), अपरिचित महिला (२५), कल्पेश (४०), अपरिचित पुरुष (४०) नीतु देवी र नवनीत कुमार रहेका छन् ।

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ट्वीट गरेका छन् । उनले भने, ‘लुधियानाको ग्यासपुरा क्षेत्रमा ग्यास चुहावटको घटना दुखद छ। प्रहरी, प्रशासन र एनडीआरएफ टोली घटनास्थलमा उपस्थित छन्। सक्दो सहयोग गरिदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *