सुडानमा फेरि द्वन्द्व चर्कियो, हजारौं मानिस घर छाड्न बाध्य
काठमाडौं । सुडानको राजधानी खार्तुममा युद्धविराम उल्लङ्घनका घटनापछि झडप चर्किएको छ । आइतवार, सेनाले प्रतिद्वन्द्वी अर्धसैनिक बलहरूलाई पछाडि धकेल्न शहरमा हवाई आक्रमण र गोलाबारी प्रयोग गरिरहेको बताएको छ।
यसै क्रममा अर्को सहर ओमदुरमानमा हवाई हमलाको खबर आएको छ । पश्चिमी डार्फरका प्रत्यक्षदर्शीहरूले अहिले नागरिकहरू आत्मरक्षाको लागि तयारी गरिरहेको बताएका छन्।
सुडानमा हजारौं मानिस आफ्नो घर छोडेर पलायन भएका छन् । स्याटेलाइट छविहरूमा इजिप्टको सीमामा बसहरूको लाइनहरू देख्न सकिन्छ।
गत अप्रिल १५ बाट सुरु भएको द्वन्द्वपछि ५०० भन्दा बढीको मृत्यु भइसकेको छ । तर विज्ञहरुले मृत्यु हुनेको संख्या धेरै रहेको बताउँदै आएका छन् ।
सुडानमा सन् २०२१ देखि नागरिक सरकारलाई सत्ता हस्तान्तरणको माग गर्दै संघर्ष चलिरहेको छ । तर यो संघर्ष अप्रिलमा चर्कियो। मुख्य विवाद सेना र अर्धसैनिक बल ‘आरएसएफ’ को एकीकरणको हो।
Facebook Comment