सुडान संकट : युद्धविरामको बावजुद खार्तूममा हवाई हमला
काठमाडौं । सुडानको राजधानी खार्तुममा फेरि हवाई आक्रमण भएको छ । सर्वसाधारणलाई सहरबाट बाहिर निकाल्न यहाँ सेना र अर्धसैनिक बलहरूबीच युद्धविराम भएको थियो तर त्यसको बाबजुद पनि यहाँ हमला सुरु भएको थियो ।
सेनाले नागरिकहरूलाई शहरबाट बाहिर निकाल्न अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) माथि आक्रमण गरेको बताएको छ।
दुवै पक्षले युद्धविराम थप तीन दिन लम्ब्याउने बताएका छन् । तर, यसबाहेक युद्धविरामको समयमा मात्रै आक्रमणहरू भएका छन् ।
धेरै कूटनीतिक दबाब र अमेरिका, बेलायत, संयुक्त राष्ट्रसङ्घको सबै प्रयासपछि सेनाका जनरल मानवीय युद्धविरामका लागि तयार भए, तर यो युद्धविरामको क्रममा हमलाहरू भए ।
आइतवार युद्धविरामको विस्तारको घोषणा हुनु अघि सेनाले शहरको केन्द्रको उत्तरमा आरएसएफ विरुद्ध कारबाही सुरु गरेको बताएको थियो।
यस युद्धमा हालसम्म ५०० भन्दा बढीको मृत्यु भइसकेको छ भने मृतकको वास्तविक संख्या धेरै हुन सक्ने अनुमान गरिएको छ । लाखौं मानिस खार्तुममा फसेका छन्।
सुडानमा सेना प्रमुख जनरल अब्देल फतेह अल बुरहान र अर्धसैनिक बल ‘रैपिड सपोर्ट फोर्स’ अर्थात् आरएसएफ प्रमुख मोहम्मद हमदान दगालो अर्थात् हेमेदतीबीच देशको सत्ताका लागि युद्ध चलिरहेको छ । देशमा शासन गर्ने सैनिक शासक दुई गुटमा विभाजित छ र प्रत्येकले छिट्टै विजयी हुने दाबी गरिरहेका छन्।
Facebook Comment