टर्कीले आईएस प्रमुख कुरैशीको हत्या गरेको टर्कीका राष्ट्रपतिको दाबी
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले सिरियामा इस्लामिक स्टेटका संदिग्ध प्रमुख अबु हुसेन अल कुरेशीलाई टर्कीको सेनाले मारेको घोषणा गरेका छन् ।
गत नोभेम्बरमा अबु हसन अल–हाशिमी अल–कुरेशीको मृत्युपछि अबु हुसैन अल–कुरेशी आइएसको कमाण्डमा थिए भन्ने विश्वास गरिन्छ ।
एर्दोआनले टर्कीको प्रसारक टीआरटी टर्कलाई शनिबार टर्कीको एमआईटी खुफिया एजेन्सीको अपरेशनमा आईएस नेता “मारिएको” बताए।
यद्यपी हालसम्म आइएसले यसबारे कुनै वक्तव्य जारी गरेको छैन । बीबीसीले राष्ट्रपति एर्दोगानको दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेन।
अर्दोआनले एमआईटी खुफिया एजेन्सीले कुरैशीलाई “लामो समयदेखि” पछ्याउँदै आएको बताए।
“हामी कुनै भेदभाव बिना आतंकवादी संगठनहरू विरुद्ध हाम्रो संघर्ष जारी राख्नेछौं,” उनले भने।
सिरियामा आधारित स्रोतले रोयटर्स समाचार एजेन्सीलाई टर्कीको सीमा नजिकैको उत्तरी सहर जान्द्रासमा कारबाही गरिएको बताएको छ।
गत वर्ष नोभेम्बरमा, जिहादी समूह आईएसआईएसले आफ्ना नेता अबु अल-हसन अल-हाश्मी अल-कुरेशीको मृत्यु भएको घोषणा गरेको थियो।
अमेरिकाले सन् २०२२ को अक्टोबरको मध्यमा दक्षिणपश्चिम सिरियामा एउटा अपरेशन गरेको थियो जसमा उनी मारिएका थिए।
Facebook Comment