पेन्सन नियममा भएको परिवर्तनको विरोधमा फ्रान्समा मे दिवसको प्रदर्शन, १०८ प्रहरी घाइते

डिसी नेपाल
१९ वैशाख २०८० १६:१४

काठमाडौं । फ्रान्समा पेन्सन नियममा परिवर्तनको विरोधमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा १ सय ८ प्रहरी घाइते भएका छन् ।

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले यति ठूलो संख्यामा प्रहरी घाइते हुनु अप्रत्याशित भएको बताएका छन् । उनले प्रदर्शनका क्रममा २९१ जनालाई पक्राउ गरिएको बताए ।

फ्रान्समा, इमानुएल म्याक्रोनको सरकारले पेन्सन नियममा गरेको परिवर्तनको धेरै विरोध भइरहेको छ। नयाँ पेन्सन नियमको विरोधमा विगत केही महिनादेखि जनता सडकमा उत्रिएका छन् ।

मे १ मा, मे दिवसमा ठूलो संख्यामा मानिसहरू फ्रान्सको सडकमा उत्रिए। प्रदर्शनहरू प्रायः शान्तिपूर्ण थिए, तर केही प्रदर्शनकारीहरूले प्रहरीमाथि पेट्रोल बम र पटाका प्रहार गर्न थाले, १०८ प्रहरी घाइते भए।

कति प्रदर्शनकारी घाइते भएका छन् भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । प्रधानमन्त्री एलिजाबेथ बोर्नले ट्विट गर्दै प्रदर्शनका क्रममा भएको यस्तो हिंसा कुनै पनि हालतमा सहने नहुने बताएकी छन् ।

फ्रान्समा नयाँ नियमअनुसार पेन्सन पाउने उमेर ६२ बाट बढाएर ६४ वर्ष पुर्याएको छ । देशका मजदुर संगठनहरुले नयाँ नियम फिर्ता लिन माग गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *