भारतको आन्तरिक उड्डयनमा नयाँ रेकर्ड कायम
काठमाडौँ। भारतको आन्तरिक उड्डयनक्षेत्रमा नयाँ रेकर्ड कायम भएको छ। एकै दिन साढे चार लाख भारतीय नागरिकले हवाई यात्रा गरेपछि भारतको आन्तरिक उड्डयनमा नयाँ रेकर्ड कायम भएको हो।
गत आइतबार अर्थात ३० अप्रिलका दिनमा ४ लाख ६६ हजार ८२ यात्रुले हवाइ उडान गरेका छन्। यससँगै आन्तरिक हवाई सेवामा एकै दिन सबैभन्दा धेरै व्यक्तिले हवाई यात्रा गरेको नयाँ कीर्तिमान बनेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार २ हजार ९ सय ७८ उडानमार्फत् यो नयाँ रेकर्ड कायम हुन सकेको भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले जानकारी दिएका छन्।
इन्टरनेस्नल एअर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीएं) का अनुसार कोरोना महामारीपछि आन्तरिक यात्रुको संख्या बढ्दै गएको र यसले भारतको आर्थिक सुधारलाई देखाउँदै लगेको जनाएको छ।
प्रतिक्रिया
Facebook Comment