बेखर्ची पृथ्वीनारायण र बिसे नगर्ची
धेरै मानिसहरुलाई यो शिर्षक मन नपर्न सक्छ। बेखर्ची पृथ्वीनारायण शब्द मन नपर्न सक्छ। यो शब्दले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको अपमान भयो भन्ने अर्थ निकाल्न पनि सक्छन्।
तर यो यथार्थ होइन। यथार्थ के हो भने यो पृथ्वीनारायणको सम्मान हो, इतिहासको सम्मान हो, विनम्रताको सम्मान हो, तथ्यबाट खोजिएको सत्यको सम्मान हो। इतिहास, योगदान र सहकार्यको सम्मान हो।
“साना दुःखले अज्र्याको मुलुक होइन” को सम्मान हो। कति आर्थिक अभावको दुःखबाट अघि बढेको रहेछ नेपाल एकीकरण अभियानको सम्मान हो।
यो सत्य हो पृथ्वीनारायण शाहले विशाल नेपालको सपना देखेर यसको लागि साहसिला कदम चालिसकेका थिए। उनीसँग उच्च मनोबल भएका गोरखाली जन र जवान त थिए तर ती उच्च मनोबलका लडाकाहरुका लागि उच्च स्तरका हतियार थिएनन्।
उनलाई हतियार चाहिएको थियो तर हतियार किन्ने पैसा पाहिएको थिएन। वास्तवमा उनी बेखर्ची नै थिए। त्यसैले उनी बेखर्चले छटपटिएका थिए। यही छटपटीले उनी राजाका पाइलालाई राजाको दरबारबाट जनताको घरबारतिर बढायो।
उनी राजा थिए बिसेलाई दरबारमा लिएर आउ भनेर सिपाही पठाउन पनि सक्थे। तर उनले त्यसो गरेनन् आफैं झरे बिसे नगर्चीकोमा। उनीसँग नेपाल एकीकरणको सपना मात्र थियो सामन्ती अहंकार थिएन। उनी तिर्खा थिए त्यसैले उनले ठाने खोलो होइन तीर्खाले नै धाउनु पर्छ। उनी तिर्खा भएर खोलो बिसेकोम झरे।
बिसेले जवाफ फर्काए- महाराज रिसाउने होइन सोच्ने हो, यो समाधान हो। हामी गोरखामा बारहजार घरधुरी छौं सबैले ठूलो र बलियो गोरखा चाहेका छन्। सबै धुरीबाट यसरी नै एक मोहरको सहयोग भनियोस् सबैले खुशीकोसाथ एक मोहर दिनेछन्। अनि बारहजार लिएर हतियार खरिद गर्न काशी जानुहोस्।’
उनले कसैलाई सोधेको थियो भने जवाफ पाउँथे महाराज भएर पनि दमाइको घरमा झर्ने होर? यो राजा र राजमुकुटको सम्मान होइन सरकार भन्ने थिए होला। उनी बिसेकोमा गएपछि थाहा पाउनेहरुले भने होलान् राजा भएर पनि आफ्नो मर्यादा राख्न नजान्ने आफू दमाइकोमा जाने हो दमाईलाई दरबारमा तान्नु पर्ने होइन?
पृथ्वीनारायणमा सामन्ती अहंकार थिएन राष्ट्रनिर्माताको संस्कार थियो। जनताबाट सिक्ने जनतालाई गुरु मान्ने एउटा राजनेताको विनम्रता थियो। पृथ्वीनारायणको नेत्वत्वमा एकीकरण भएको विशाल नेपालमा धेरै पछि एकजना महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका थिए “मानिस टूलो दिलले हुन्छ जातले हुँदैन” पृथ्वीनारायणले त्यसैबेला नै दिल हेरेका थिए जात हेरेका थिएनन्।
उनले जात बुझेका थिएनन् दिल बुझेका थिए। वास्तवमा पृथ्वीनारायण शाह ठूला दिलका भएको कारणले नै ठूलो नेपाल निर्माण गर्न सफल भएका हुन्।
पृथ्वीनारायण शाहले बिसेमा केही छ भनेरै झरेका थिए। समस्याको समाधानको उपाया बिसेले केही न केही निकाल्छ भन्ने विश्वासमा नै दरबारका पृथ्वीनारायण शाह बिसे नगर्चीको घरबारमा झरेका थिए।
पृथ्वीनारायणको आशालाई निराशामा लगेनन् बिसेले बरु विश्वासको शक्ति दिएर दरबारमा चढाए पृथ्वीनारायण शाहलाई। लाग्छ बिसे नगर्चीमा पनि कही न कही गोरखनाथको छायाँ परेकै हुनुपर्छ।
पृथ्वीनारायण शाहलाई थाहा थियो बिसे नगर्ची बुबा राजा नरभुपाल शाहको पालामा नै दरबारको निकट सूचीकार मात्र होइन दरबारलाई चाहिएको बेला सल्लाहा दिने अनुभवी सल्लाहाकार पनि हो भन्ने।
नेपाल एकीकरण अभियानलाई अघि बढाउन बेखर्ची भएका पृथ्वीनारयण शाह खर्च जुटाउने उपायाको खोजीमा बिसे नगर्चीको घरमा झरेका थिए।
बिसे नगर्चीले त गोरखाबाट नेपाल एकीकरणको लागि जनसहभागिता कोषको सिलन्यास नै पो गरिदिए, जसको बलमा पृथ्वीनारायण शाहले काशी गएर हतियार किनेर ल्याएर विशाल नेपालको उद्घाटन नै गर्न सफल भए।
बिसे नगर्चीले पहिलो एकीकरण जनसहभागिता कोषको शिलन्यास मात्र गरेनन् कि यो कोषलाई ठोश र सार्थक बनाउने सोच पनि दिए पृथ्वीनारायण शाहलाई। बेखर्ची पृथ्वीनारायणमा बिसेको कोषको सोचले अब नयाँ जोस भरिएको थियो।
त्यही सोचले भरिएको नयाँ जोस लिएर बेखर्ची राजा पृथ्वीनारायण शाह खर्चको जोहो हुने विश्वासमा बिसे नगर्चीको घरबारबाट गोरखा दरबारमा फर्किए। निराश र बेखर्ची पृथ्वीनारायण शाह बिसे नगर्चीकाबाट एउटा शक्ति बोकेर फर्किए।
आफ्ना राजा पृथ्वीनारायण शाहालाई एक बिहानै आफ्नो पिँढीमा स्वागत गर्न पाउँदा बिसे नगर्ची औधि नै खुशी भए। उनले पैसाको अभावले छटपटिएका राजा पृथ्वीनारायण शाहका समस्यालाई ध्यान दिएर सुने।
राजा पृथ्वीनारायण शाहलाई काशी गएर हतियार खरिद गर्न रु बार हजार चाहिएको रहेछ। बार हजार रुपैयाँ निकाल्ने उपाय वा पैसा भएको साहुको सूचना माग्न उनी बिसे नगर्चीकोमा झरेका थिए।
पृथ्वीनारायणको समस्या सुनेपछि एकछिन गमेर बिसे समाधान भेटेको विश्वासको मुखाकृति लिएर घरभित्र पसे। पृथ्वीनारायण भने यो बिसे केही जवाफै नदिएर किन भित्र पस्यो भनेर छक्क परेर बसिरहे।
बिसे भित्रबाट आत्मविश्वासको साथ आएर भने महाराज हात थापियोस्। पृथ्वीनारायणले पनि अनौठो मान्दै हात थापे। बिसेले राजा पृथ्वीनारायण शाहको हातमा रु एकको मोहर राखिदिएर भने महाराज अब बारहजारको समाधान निस्कियो। पृथ्वीनारायणले रिसाउँदै भने-बिसे ठट्टा नगरन म तिमीसँग भीखमाग्न आएको हुँ? एकमोहरले बारहजारको समाधान निस्कन्छ?’
बिसेले जवाफ फर्काए- महाराज रिसाउने होइन सोच्ने हो, यो समाधान हो। हामी गोरखामा बारहजार घरधुरी छौं सबैले ठूलो र बलियो गोरखा चाहेका छन्। सबै धुरीबाट यसरी नै एक मोहरको सहयोग भनियोस् सबैले खुशीकोसाथ एक मोहर दिनेछन्। अनि बारहजार लिएर हतियार खरिद गर्न काशी जानुहोस्।’
बिसेको कुरा पृथ्वीनारायणको घतमा आयो र भने स्याब्बास बिसे म साइतमा नै तिम्रो घरमा आएछु। बुझ बिसे अब गोरखाले गोरखनाथको आशिर्वाद पायो। उज्यालो पृथ्वीनारायण शाह उर्जाले भरिएर गोरखा दरबारतिर उकालो चढे। मानौं अहिले उनको खल्तीमा एक मोहर होइन बारहजारका मोहर छन्।
बिसे नगर्चीले राजा पृथ्वीनारायण शाहलाई दिएको एकमोहर नेपाल एकीकरणको लागिको पहिलो जनसहभागिताको कोषको सिलन्याश हो। त्यस्तै हरेक घरधुरीबाट एक मोहर सहयोग लिने सोच पनि राज्यको लागि जन सहभागिता सोचको सिलन्यास हो। यसको ऐतिहासिक महत्व छ।
यदि यो समयमा बिसेबाट एकमोहर र हरेक घरघुरीबाट एक/एक मोहर संकलन गर्ने सोच ऐन मौकामा पृथ्वीनारायण शाहले पाएका थिएनन् भने भन्न सकिन्न पृथ्वीनारायणको एकीकरण अभियान कतिपर धकेलिन्थ्यो।
उनका यी मुहुर्त धकेलिएर भन्न सकिन्न नेपाल एकीकरण सम्भव हुन्थ्यो हुँदैनथ्यो? जे होस् नेपाल एकीकरण हुनु थियो सबै समस्याका गाँठाहरु यथा समयमा खुस्किँदै गए।
राज्यसँग जनता राज्यको लागि जनसहभागिता हो बिसे नगर्चीको एक मोहर र एकमोहरको अभियान। यसको उच्च मूल्यांकन हुनुपर्छ। बिसे नगर्चीको जति चर्चा हुनुपर्ने त्यति भएको छैन र जति सम्मान हुनुपर्ने त्यति भएको छैन। अब हुनुपर्छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट निर्वाचित जनप्रतिनिधि पनि भएकोले प्रचण्डलाई अहिले बिसे नगर्चीलाई सम्मान गर्ने उचित अवसर छ। किनभने बिसे नगर्ची पनि गोरखा कै बासिन्दा थिए। उनको पनि नेपाल एकीकरणमा ठूलै योगदान छ।
गोरखा जिल्लबाट प्रतिनिधि सभाको याने सांसदको उमेदवार भएको र प्रचारको क्रममा प्रचण्डले पृथ्वीनारायण शाहको सालिक तोडफोड वा ढाल्न आफूले कहिल्यै कसैलाई आदेश नदिएको र म सालिक ढाल्ने विपक्षमा भएको मात्र भनेका थिएनन् म गोरखामा पृथ्वीनारायण शाहको सालिक बनाउने काममा अग्रसरता लिन्छु समेत भनेका थिए।
यसै सन्दर्भमा प्रधामन्त्री प्रचण्डले एकैपल्ट पृथ्वीनारायण शाह र बिसे नगर्चीलाई सम्मान गरेर आफ्नो बचनको पालन गर्नसक्छन्। उनले बिसे नगर्चीको घर भएको स्थानमा बिसे नगर्चीले बेखर्ची पृथ्वीनारायण शाहलाई एक मोहर दिँदै गरेको सालिक बनाएर एकैपटक बिसे नगर्ची ,पृथ्वीनारायण शाह र प्रथम जनसहभागिता कोषको सम्मान गर्न सक्छन्।
यस्तो सालिक आफैंमा ऐतिहासिक हुनेछ र यसको सबैतिरबाट प्रशंसा हुनेछ। यो आफैमा एकीकरण अभियानका जनहरुको प्रतिनिधिमूलक सम्मान पनि हुनेछ।
राज्यको लागि जनता जनताको लागि राज्य, बलियो राज्यको लागि जनसहभागिता बिसे नगर्चिले अघि सारेको भाष्य हो। यो भाष्यलाई पृथ्वीनारायण शाहले कार्यन्वयन गरेकोले यो जीवित र स्थापित हुन सकेको हो। आशा गरौं सबैको ध्यान यतातिर तानिने नै छ।
विचारोत्तेजक मन छुने लेख