सन् २०२२ मा अमेरिकामा मृत्युको चौथो प्रमुख कारण कोभिड–१९ : सीडीसी

डिसी नेपाल
२२ वैशाख २०८० २२:२५

लस एन्जलस । संयुक्त राज्य अमेरिकामा सन् २०२२ मा मृत्युको चौथो प्रमुख कारण कोभिड–१९ रहेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले जनाएको छ ।

मुटुरोग, क्यान्सर र अनजानमा हुने चोटपटकका कारण हुने मृत्युपछि चौथो प्रमुख कारण कोभिड–१९ रहेको सिडिसीले बिहीबार प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा सन् २०२२ का लागि अस्थायी अमेरिकी मृत्युदरको तथ्याङ्कको सिंहावलोकन गरिएको छ, जसमा सन् २०२१ को मृत्युदरसँग तुलना गरिएको छ ।

सन् २०२२ मा अमेरिकामा ३० लाखभन्दा बढीको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये दुई लाख ४४ हजार ९८६ जनाको मृत्युमा कोभिड–१९ को मुख्य कारण देखिएको थियो, जुन प्रत्येक १३ मृत्युमध्ये एक जनाको मृत्यु हो ।

सन् २०२१ देखि २०२२ सम्ममा अमेरिकाको मृत्युदर ५.३ प्रतिशतले घटेको छ । अफ्रिकी अमेरिकी र अलास्कामूलका बासिन्दामा समग्र मृत्युदर र कोभिड–१९ सँग सम्बन्धित मृत्युदर सबैभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।

“अस्थायी मृत्यु अनुमानले मृत्युदरको प्रवृत्तिमा परिवर्तनको प्रारम्भिक सङ्केत प्रदान गर्दछ र कोभिड–१९ महामारीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित मृत्युसहित मृत्युदर घटाउने उद्देश्यले सार्वजनिक स्वास्थ्य नीति र हस्तक्षेपहरूलाई मार्गदर्शन गर्न सक्छ,” रिपोर्टमा भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *