इमरान खानलाई ठूलो राहत, ९ वटा मुद्दामा अन्तरिम जमानत थपियो

डिसी नेपाल
२३ वैशाख २०८० ९:४२

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ठूलो राहत दिँदै इस्लामाबाद उच्च अदालतले बिहीबार ९ मुद्दामा अन्तरिम जमानत थप गरेको छ ।

इस्लामाबाद हाईकोर्टका मुख्य न्यायाधीश आमिर फारुकको अध्यक्षतामा रहेको दुई सदस्यीय बेन्चले यो निर्णय गरेको हो।

यो सुनुवाइको बिशेषता यो हो कि अदालतको चेतावनीपछि इमरान खान आफैं अदालतमा उपस्थित भएका छन् ।

यसअघि १८ अप्रिलमा अदालतले खानको जमानत याचिकामा सुनुवाइ गर्दै उनलाई आठ मुद्दामा ३ मेसम्म अन्तरिम जमानत दिएको थियो ।

बुधवार, अदालतले इमरान खानलाई सुनुवाईमा अनुपस्थित रहेमा अदालतले उनको अन्तरिम जमानत रद्द गर्न सक्ने चेतावनी दिएको थियो।

इस्लामावादको संघीय न्यायिक कम्प्लेक्स बाहिर हिंसाका ७ वटा मुद्दामा इमरान खानको अन्तरिम जमानत १० दिनको लागि थपिएको छ ।

नियमित धरौटीका लागि सम्बन्धित जिल्ला अदालत जानुपर्ने पनि अदालतले जनाएको छ ।

यता, अन्य दुई मुद्दामा उनको जमानत मे ९ सम्म बढाउने निर्णय भएको छ ।

इमरान खान अन्तरिम जमानतका लागि लाहोरबाट इस्लामावाद पुगेका छन् । यसैलाई मध्यनजर गर्दै अदालत परिसर वरपरको सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *