पाकिस्तानको खैबर पख्तुनख्वामा ५ शिक्षकसहित ८ जनाको गोली हानी हत्या

डिसी नेपाल
२३ वैशाख २०८० ९:४२

पेशावर । उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा गोली हानाहानका दुई छुट्टाछुट्टै घटनामा पाँच शिक्षकसहित आठ जनाको मृत्यु भएको छ।

पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीको कार्यालयले ‘आठ शिक्षक’को हत्याको कडा निन्दा गरेको छ।

कुर्रम जिल्ला प्रहरी प्रवक्ताका अनुसार शालुजन भन्ने ठाउँमा अज्ञात व्यक्तिले कारमा गोली प्रहार गर्दा एक शिक्षकको मृत्यु भएको हो।

प्रवक्ताका अनुसार यस घटनापछि केही अज्ञात व्यक्तिहरू विद्यालयमा प्रवेश गरे जहाँ चार शिक्षक र अन्य तीन जनाको गोली हानी हत्या गरिएको थियो ।

मृतक सबै शिया तुरी जातिको रहेको बताइएको छ ।

अधिकारीका अनुसार यसअघिको घटनाको बदला लिनको लागि हिंसाको यो घटना भएको हुनसक्छ ।

बीबीसी उर्दूका अनुसार केन्द्रीय मन्त्री साजिद तुरीले घटनाको छानबिन गर्न आदेश दिइएको बताएका छन्।

स्थानीय शिया संगठनहरूले आक्रमणको निन्दा गर्दै यसलाई शान्ति भंग गर्ने प्रयास भनेका छन्। उनीहरूले अपराधीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

यो घटनालाई लिएर त्यहाँ आन्दोलन सुरु भएको छ । यस क्षेत्रमा सावधानीका रूपमा इन्टरनेट बन्द गरिएको छ र सुरक्षा व्यवस्था कडा पारिएको छ।

सहरमा जाने बाटोहरु बन्द गरिएका छन् । स्थानीय अस्पतालमा आपतकाल घोषणा गरिएको छ ।

कुर्रम जिल्लाका उपायुक्त सैफुल इस्लामले बीबीसी संवाददाता फरहत जावेदलाई दोस्रो घटनामा दुई जना परिचरको पनि मृत्यु भएको बताए।

उपायुक्त सैफुल इस्लामले बीबीसीलाई भने कि पहिलो घटना बिहान ११ बजे भएको थियो, जसमा माथिल्लो कुर्रममा केही हतियारधारीहरूले एक स्थानीय व्यक्तिको हत्या गरेका थिए।

जवाफी कारबाहीमा स्थानीय विद्यालयलाई घेरेर आक्रमण गरिएको उनले बताए । यस आक्रमणमा चार शिक्षकको मृत्यु भएको थियो ।

स्थानीय पत्रकारका अनुसार त्यतिबेला विद्यालय परिसरमा विद्यार्थीहरू थिएनन् ।

विद्यालयबाट शव निकाल्ने क्रममा त्यहाँको अवस्था नियन्त्रण बाहिर रहेको र तीन प्रहरी पनि घाइते भएको उपायुक्तले बीबीसीलाई बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *