इरानमा सैन्य परेडमा आक्रमण गर्ने दोषीलाई मृत्युदण्डको सजाय सुनाइयो
काठमाडौं । इरानमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनलाई सन् २०१८ को सैन्य परेडमा भएको आक्रमणको दोषी ठहर गरिएको थियो।
हबिब चाब अलगाववादी समूह इन्डिपेन्डेन्स अफ एथनिक अरब्सका संस्थापक थिए।
सन् २०२० मा उनलाई इरानका एजेन्टहरूले टर्कीबाट अपहरण गरेका थिए । यसअघि उनी एक दशकदेखि स्वीडेनमा बस्दै आएका थिए ।
प्रतिक्रिया
Facebook Comment