भारतीय वायुसेनाको मिग–२१ विमान दुर्घटना, तीन जनाको मृत्यु, पाइलट सकुशल

डिसी नेपाल
२५ वैशाख २०८० १२:३१

काठमाडौं । भारतीय वायुसेनाको मिग–२१ लडाकु विमान राजस्थानको हनुमानगढमा दुर्घटनाग्रस्त भएको छ । भारतीय वायुसेनाका अनुसार मिग–२१ दुर्घटना हुनुअघि पाइलटले आफूलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए ।

यो लडाकु विमान बहलोल नगर क्षेत्रको एक घरमा खसेको थियो ।

बीबीसीसँग फोनमा कुरा गर्दै हनुमानगढ जिल्लाका प्रहरी उपरीक्षक (एसपी) सुधीर चौधरीले भने, “विमान दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पाइलट सकुशल छन्।”

वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *