विदेश अधिनस्थ नेपालको राजनीति र अर्थतन्त्र

शंकरप्रसाद रिजाल
२६ वैशाख २०८० ११:०१

२००७ साल भन्दा अगाडि नेपालको राजनीति र अर्थतन्त्र खासै थिएन, भएपनि त्यो नेपाली कै हातमा थियो। तर आज नेपालको राजनीति र अर्थतन्त्र दुवै नेपालीको हातमा रहेको आजको राजनीति र अर्थतन्त्रको रुपरेखाले छर्लङ भएको छ।

किनकि २००७ सालभन्दा अगाडि १०४ वर्षको राणा शासनकालको एकतन्त्री जहानिया शासनमा नेपालमा न राजनीति थियो नत अर्थतन्त्र नै। राणाकालमा राजनीतिको नाममा राणा प्रधानमन्त्रीको हुकुमी नीति थियो भने अर्थतन्त्र सम्पूर्ण रुपमा राणापरिवारहरुकै पोल्टोमा कैद भएर रहेको थियो।

त्यसताका संसारमा राजनीतिमा प्रजातन्त्रको जन्म र अर्थतन्त्रमा संसारका अर्थशास्त्रका जन्मदाता एडमस्मिथले “वेल्थ ओफ नेशन” नामक पुस्तक लेखेर प्रकाशित गरिसकेका थिए, जसले धनको महत्व, पुँजीको महत्व, श्रमको महत्व र विभाजनको महत्वको बारेमा संसारलाई ग्यान दिइसकेका थिए।

एडमस्मिथ आफ्नो पुस्तक “वेल्थ अफ नेशन” मा लेख्छन्- जुन देशमा जनसंख्याको ठुलो संख्या गरीब, अज्ञानी र दुःखी अवस्थामा बाँचेका हुन्छन् त्यो देश बिकसित र समृद्ध अबस्थामा कहिल्यै र कुनै हालतमा पनि हेर्न र देख्न सकिन्न।’

राणाहरुको दिल र दिमागमा न प्रजातन्त्रको धारा बग्न सक्यो न प्रशस्त सम्पत्ति उद्योग कलकारखाना निर्माण गर्ने काममा लगाउन सके। तर संग्रह भने आफू आफूमा प्रशस्त गरे। हरेक राणापरिवारका सदस्यहरु बाहिर बिदेश गएर पढ्न रूचाउँदैन थिए।

तस्करहरुलाई जोगाउने वकिल र न्यायाधीश छन्। अपराधी जोगाउने प्रहरी छन्। सोझा जनतालाई थुनेर राख्ने जेल छ। क्याम्पस,विश्वविद्यालयमा गुण्डागर्दी छ। स्कुलमा राजनीति छ। दिन दुई गुना रात चारगुणाको दरले बिदेशमा युवा युवतीहरुको लाइन बिमानस्थलमा छँदैछ र अन्त्यमा हरेकको घर अगाडि खाल्डाखुल्डी र धुलो धुँवा छँदैछ।

गएता पनि सोख र मोजमज्जा गरी फर्किन्थे। उनीहरु आफ्नो सत्ता पल्टिएकी भनेर देश भित्रको राजनीतिलाई बन्द कोठाभित्र बिरालोलाई थनेजस्तो गरी थुन्थे। र भारतको कम्पनि सरकार, बेलायती र फ्रान्सेली सरकारलाई खुसी पारेर अनि चीनसँग साधारण मित्रता कायम राखी बस्ने गर्दथे। स्देशमुखी राजनीति र अर्थतन्त्र दुवै त्यो बेला थिएन।

राणा सरकारका प्रधानमन्त्री तथा अन्य उच्च पदस्थ लाटसाहेबहरू बिदेश भ्रमण बेलायत भारत र फ्रान्स गइ हाले भने पनि नेपालमा राजनीति नभएपनि कृषि नीति, अर्थनीति सुधार्ने नयाँ योजना र प्रविधिहरु भित्र्याउने जमर्को र प्रयास कहिल्यै गर्न अगाडि सरेनन्।

यसको सट्टामा बरु ठूल्ठूला दरबार, बगैंचा र दरबारमा सजाउने बुट्टेदार कुर्ची, गद्दा, ठूला ठूला ऐना र बगैंचामा सजाउने फूलका बिरुवाहरु ल्याएर मस्तीको जीवनयापन गर्नमै मस्त रहे।

समष्टिगत रुपमा मूल्यांकन र विश्लेषण गर्ने हो भने त्यो बेलाको राजनीति र अर्थतन्त्र स्वदेशमुखी नभइ बिदेशमुखी नै थियो र जनता दुवै नीति र तन्त्रबाट पूर्णतया नियन्त्रणमा रहेका थिए। यसरी नै बित्यो नेपालको १०४ वर्षको राणाशासनको राजनीति र अर्थतन्त्र।

वास्तवमा भन्ने हो भने राजनीति र अर्थतन्त्र बिनाको एउटा राष्ट्रको कल्पना पनि गर्न सकिँदैन। तर जब २००७ सालमा नेपालमा भारतकै सहयोगमा नेपालका त्यो बेलाका तात्कालीन प्रजातान्त्रिक राजा त्रिभुवन, बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्णसमशेर र साम्यवादी नेता पुष्पलाल अमात्य, मनमोहन अधिकारी र मोहनचन्द्र अधिकारी जस्ता नेताको नेतृत्वमा देशमा राणाशासनको अन्त्य भए पश्चात देशमा बेहोसी अवस्थामा रहेको राजनीति र अर्थतन्त्रमा सुधारात्मक परिसूचक देखिन थाल्यो।

तर भारतको कुचालको राजनीति र अर्थतन्त्रको रणनीतिको पन्जामा पर्न गएकोले नेपालमा २००७ सालको तथाकथित प्रजातन्त्र आए पनि स्वदेशमुखी राजनीति र अर्थतन्त्र नरही भारत अधिनस्थ नै हुन पुग्यो।

अन्तत:  नेपालमा जवाहर लाल नेहरुका प्रिय पात्र मात्रिकाप्रसाद कोइराला देशको प्रधानमन्त्रीमा नियुक्त हुन पुगे। तिनै प्रधानमन्त्री मात्रिका कोइराला हुन् जसले सप्तकोशी सहजै भारतको पोल्टोमा कौडीको मूल्यमा सुम्पिदिए।

नेपालको राजनीति र त्यो अनुसारको अर्थतन्त्र भारत अधिनस्थ हुन गइ पार्टी भित्र भारतका जानकार व्यक्ति पनि सामेल भई पार्टीभित्र हुण्डरी मचाउन थाले। त्यसपछि भारतकै खेलमा टंकप्रसाद आचार्य, डा.केआई सिंह र आम चुनावबाट २०१५ सालमा बिपी कोइराला प्रधानमन्त्री भए।

तर भारतको चंगुलबाट उम्किएर आफ्नै मैलिकतानुसार देशको राजनीति र अर्थनीति चलाउने र बनाउने हिम्मत कुनै प्रधानमन्त्रीमा पनि भएन र देशमा झन् भ्रष्टाचार र बेथिति बढ्दै गयो।

यी ने विषयलाई आधार मानेर राजा महेन्द्रले २०१७ सालमा नयाँ राजनीतिक अभ्यासको सुरुवात गरे। यसपछि सबै नेपालको अस्तित्वलाई मध्य नजर राख्दै आफ्नो माटो अनुसारको राजनीति, अर्थतन्त्र र अन्य कुराहरुको थिति मिलाउन राजा महेन्द्र लागेकै हुन्।

नभन्दै १० वर्षको छोटो अवधिमा उनीबाट नेपालले धेरै धेरै धेरै कुराहरु प्राप्त गर्न सफल भयो। राजामहेन्द्रको शासनकालमा यहाँ विदेशी चलखेल कम थियो। यसैगरी उनका छोरा राजा वीरेन्द्रले पनि २०४६ सालसम्म यसै व्यवस्थालाई निरन्तरता दिए।

नेपालको शान, मान र प्रतिष्ठा विश्वले चिनेको र जानेको थियो। सम्पूर्ण राज शासनमा नेपाललाई नोक्शान हुने कुनै किसिमको सम्झौता भएनन्। बिदेशमा राजाहरुको भाषण खरो, भावपूर्ण र ओजस्वी हुने गर्दथ्यो।

बिदेशी अधिनस्थ राजनीति र अर्थतन्त्रको त परै जावस्। तर राम्रो गर्ने र राम्रो सोच भएको मानिसको भलो नहुने यो ‘सतिले सरापेको’ देशमा कसको अस्तिस्त अडेको छ र?

आखिर २०४७ सालको संविधान प्राप्ति पपछ देशका ‘मै हुँ’ भन्ने नेताको दिल र दिमागमा भारत अमेरिका र पश्चिमा मुलुकहरुको भुत सवार भइ सबै बिदेशी परस्त र पराधीन बनेर नेपालको स्वाधीनतालाई खिसी गरि कोही भारतमुखी, कोही पश्चिमामुखी,कोही चीनमुखी र कोही अमेरिकामुखी बनेर बिदेशी अधिनस्थ बनी देशलाई अत्यन्त पराधीन बनाइ हरेक कुरामा परनिर्भर भइ रही संसारलाई हँसाउने काम गर्न थाले।

नेताहरु राजाको नेतृत्वलाई अटेर गरी पैसा, पद र प्रतिष्ठाको लागि राजालाई मुण्टो बटारी हिँड्न थाले। देशको स्वाभिमान खस्कँदै गएर कमजोर अवस्थामा पुगेपछि माओवादीको सशस्त्र युद्ध मच्चाइ आखिर राजशासनको अन्त्य गरी छोडे र नेपालमा बिदेशीले जबर्जस्ती लादेको लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको हाँगाहरु समातेर यसैको नाममा देशलाई कंगाल बनाइ छोडे।

आज सबै कुरामा भारतमुखी, चीनमुखी,अमेरिकामुखी र पश्चिमामुखी भइ छाडे। कुनै नेता त्यस्ता छैनन् आज जसले स्वदेशमुखी भएर देशको विकास र समृद्धि गरेको होस्।

नेपालमा सुरु भएको माओवादी जनयुद्ध भारतबाट नै तालिम प्राप्त छन्। करीब १० वर्षसम्म यी पार्टीका नेता भारतको नोएडा, लखनउमा मजासँग डेरा जमाई बसेका थिए। नेपालमा भित्रिएका माओवादीका सारा हातहतियार र बन्दोबस्तका सामान भारतीयभूमिबाट नै उपलब्ध हुने गर्दथ्यो।

यसलाई प्रश्रय दिने फेरि आफ्नो हिसाबले अमेरिका र नर्वे पनि थिए। यसरी आगोको डढेलो झैं सल्केको विदेशको अधीनस्तता र सारा देशका नक्कली स्वदेशी नेता, दरबारका सचिवको सैनिक कमान्डर, प्रहरी प्रमुख, भ्रष्टाचारी कर्मचारी र व्यापारी सबै बिदेशीको पाउमा स्वदेशी मूलको नैतिकताको दाम चढाई बिदेशीको गुलाम बन्ने र सबैलाई भारतका एकसे एक चतुर नेताले हैसियत अनुसारको लोभ देखाई नतमस्तक बनाए पछि एक्लो राजा र राजसंस्थाको बिरासत त ढल्ने नै भयो।

त्यसमा पनि फेरि २०६२/०६३ को दिल्लीमा भएको १२ बुँदे सहमतिमा राजसंस्थालाई संविधानको अधिनमा बस्नेगरी सम्झौता हुँदा हुँदै फेरि भारतकै चालबाजीमा कुटनैतिक तवरले आखीर राजसंस्थालाई धकेली बालाजुको जंगलमा राखी पार्टीका बिकाउ नेता आफूहरु पालै पालो भारतकै नीति निर्देशनमा प्रधानमन्त्री बनेर भारतले सयौं वर्षदेखि आँखा गाढिरहेको नेपालका नदी एक एक गरी भारतलाई सुम्पिन तयार भएका छन्।

कसले के सुम्पिएनन्? मात्रिकाप्रसाद कोइरालाले कोशी, बिपीले गण्डकी, गिरिजाप्रसाद, केपी ओली, माधव नेपाल र शेरबहादुरले टनकपुर, कर्णाली भारतलाई सुम्पिए।

बुडी गण्डकी नेताहरुले मिलेर पैसा भएको भनेर पूर्व प्रधानमन्त्री भइसकेका डा. बाबुराम भट्टराईले सार्वजनिक रुपमा नै भनिसकेका छन्।
आखिर बाबुराम पनि भारतमै शिक्षा पाएका नेपालका विद्वान त हुन्।

तसर्थ को बिदेशी अधिनस्थ र को स्वदेशी नेपालको सच्चा देशभक्त भन्ने कुरा त्यसै थाहा हुन्छ। नेपालको हितको लागि भारतसँग डटेर कुरा गर्न सक्ने र दिल र दिमाग भएका नेता नेपालमा आज कोही पनि छैनन्। यो नेपालका भुँइ मान्छे र बिदेशका नेपाल सम्बन्धि जानकारी राख्ने सबैलाई राम्रो थाहा छ। सबैकुरा बिदेशीकै भरोसामा बस्ने नेपालको राजनीति र अर्थतन्त्र बिदेशी अधिनस्थ नभए अरु के बन्ने?

तसर्थ २०४७ सालको संविधान र व्यवस्था फालेर ल्याएको गणतन्त्र, लोकतन्त्र र नयाँ प्रजातन्त्र जे भने पनि ३३ वर्ष पूरा भैसकेको छ। तर पनि नेपाल झन् झन् पराधीन र बिदेशी अधिनस्थ मुलुकको रुपमा विश्व समक्ष खडा हुन पुगेको छ। भ्रष्टाचार, अन्याय, अत्याचार मनपरी राजनीति र अर्थतन्त्रको साथै आज हाम्रो देशमा के छैन र? भ्रष्टाचार चाहिए नेता र कर्मचारी छन्। झुठो बोल्ने पितपत्रकार छन्।

तस्करहरुलाई जोगाउने वकिल र न्यायाधीश छन्। अपराधी जोगाउने प्रहरी छन्। सोझा जनतालाई थुनेर राख्ने जेल छ। क्याम्पस,विश्वविद्यालयमा गुण्डागर्दी छ। स्कुलमा राजनीति छ। दिन दुई गुना रात चारगुणाको दरले बिदेशमा युवा युवतीहरुको लाइन बिमानस्थलमा छँदैछ र अन्त्यमा हरेकको घर अगाडि खाल्डाखुल्डी र धुलो धुँवा छँदैछ।

यो सबै बिदेशीको गुलाम र अधिनस्थताको पराकाष्ठा हो। तसर्थ अब यी सबै दुव्र्यसनलाई त्यागेर स्वदेशी, स्वाबलम्बी, बिकास र समृद्ध प्रेमी बनेर बस्ने बानी हरेक नेपालीले बसाल्नै पर्दछ। नत्र नेपाल बिदेशीको पूर्ण अधिनस्थ बनी सधैं अविकसित नै रहिरहन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *