जङ्गलमा फसेकी महिला पाँच दिनसम्म रक्सी पिएर बाँचिन्, अरु बेला कहिल्यै रक्सी पिउँदिनथिन्
काठमाडौं । अष्ट्रेलियाको जङ्गलमा फसेकी ४८ वर्षीया महिला पाँच दिनपछि फेला परेकी छिन् र यो अवधिमा उनले जीवित रहन ललीपप र रक्सीको बोतलको सहारा लिइन् ।
लिलियन आईपी आइतबार भिक्टोरिया राज्यको घना जङ्गलमा छोटो पैदल यात्रा गर्न गइन् जब उनी गलत मोड लिएर फसेकी थिइन्। त्यसपछि उनको कार पनि माटोमा फसेको थियो ।
लिलियनले रक्सी पिउँदिनन् तर उनले आफ्नो कारमा वाइनको बोतल राखेकी थिइन् जुन उनी उपहारको रूपमा दिन गइरहेकी थिइन्। पाँच रातसम्म फसेकी उनलाई शुक्रबार आपतकालीन सेवाले फेला पारेको हो ।
लिलियनले नाइन न्यूज अष्ट्रेलियालाई भनिन्, “मेरो दिमागमा पहिलो कुरा पानी र चुरोट थियो। म मर्छु भन्ने लाग्यो । शुक्रबार मेरो पूरै शरीर बन्द भएको थियो।”
जब उनले बाँच्ने आशा गुमाएकी थिइन्, उनले आफ्नो परिवारलाई एउटा चिठी लेखिन् जसमा उनले उनीहरूलाई माया गरेको बताएकी थिइन्।
भिक्टोरिया प्रहरीले लिलियनलाई भेटिएको ठाउँबाट नजिकैको सहर ६० किलोमिटर टाढा रहेको र स्वास्थ्यका कारण हिँड्न नसक्ने भएकाले उनी आफ्नो कारमा बसेको बताएको छ ।
वोडोंगा प्रहरी स्टेसन सार्जेन्ट मार्टिन टोर्पेले भने, “लिलियनसँग तरल पदार्थको रूपमा पिउनका लागि वाइनको बोतल मात्र थियो, जुन उनले आफ्नी आमाका लागि किनेकी थिइन्।”
Facebook Comment