इजरायल: नौ महिनाको सबैभन्दा ठूलो लडाई, आकाशबाट रकेटको वर्षा जारी
काठमाडौं । इजरायलले गाजा पट्टीको एउटा अपार्टमेन्टमा बिहीबार बिहान गरेको आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) का शीर्ष कमाण्डर मारिएका छन्।
यस आक्रमणमा अर्का एक जनाको पनि मृत्यु भएको छ । अपार्टमेन्टको पाँचौं तल्लामा लडाकु विमानबाट यो हमला गरिएको थियो ।
बुधवार, गाजा पट्टीका चरमपन्थीहरूले इजरायलमा ४६० रकेट प्रहार गरेका थिए। यसै क्रममा इजरायलले गाजामा रहेका १३० चरमपन्थी अड्डामा पनि आक्रमण गरेको थियो ।
प्यालेस्टिनी चिकित्सा स्रोतहरूले यस हप्ताको लडाईमा कम्तीमा २४ जनाको मृत्यु भएको अनुमान गरेका छन्। जसमा तीन पीआइजेका कमाण्डर पनि पर्छन्।
पीआइजेको सशस्त्र शाखाले मिसाइल इकाईका प्रमुख हसन घली उर्फ अबु मोहम्मदको मृत्यु भएको पुष्टि गरेको छ।
पीआईजे हमासपछिको दोस्रो ठूलो चरमपन्थी संगठन हो र यो संगठनले प्यालेस्टिनीहरूको मृत्युको बदला लिने शपथ लिएको छ।
इजरायलमा पनि गाजाबाट प्रहार गरिएका रकेटका कारण कैयौं व्यक्ति घाइते भएको खबर छ ।
Facebook Comment