पाकिस्तान सरकारले सर्वोच्च अदालत विरुद्ध प्रदर्शन गर्ने

डिसी नेपाल
३० वैशाख २०८० १०:०९

काठमाडौं । पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सरकारले सर्वोच्च अदालतको रवैयाविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ।

जमियत उलेमा-ए-इस्लामका प्रमुख तथा पीडीएमका अध्यक्ष मौलाना फजलुर रहमानले सोमबार सर्वोच्च अदालत अगाडि विरोध प्रदर्शन गर्ने बताएका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले सोमबार सर्वोच्च अदालत अगाडि र देशभर विरोध प्रदर्शन गर्ने बताए ।

यसअघि इस्लामाबाद उच्च अदालतले इमरान खानलाई मे ९ पछि दर्ता भएका कुनै पनि मुद्दामा १७ मेसम्म पक्राउ नगर्न आदेश दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *