गाजा पट्टीमा इजरायल र इस्लामिक जिहादबीच युद्धविराम, अमेरिकाद्वारा स्वागत

डिसी नेपाल
३१ वैशाख २०८० १२:०९

काठमाडौं । अमेरिकाले गाजा पट्टीमा इजरायल र इस्लामिक जिहाद लडाकुहरूबीच युद्धविरामको स्वागत गरेको छ। उसले युद्धविरामका लागि इजिप्टको प्रयासको पनि प्रशंसा गरेको छ।

पाँच दिनको हिंसापछि यो युद्धविराम भएको हो । यस हिंसामा हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ, जसमध्ये एक जना बाहेक सबै प्यालेस्टिनी थिए।

दुई पक्षबीच भएको सम्झौताअनुसार इजरायली सेनाको कारबाहीमा सर्वसाधारणलाई निशाना नबनाउने र प्यालेस्टिनी घरहरू भत्काउन नदिने सहमति भएको छ ।

दुवै पक्षबाट उल्लङ्घनका रिपोर्ट आए पनि अहिलेसम्म युद्धविराम प्रभावकारी देखिएको छ ।

यो युद्धविरामपछि प्यालेस्टिनी क्षेत्रबाट मानिसहरुले उत्सव मनाउने समाचार र तस्वीरहरु बाहिर आएका छन् ।

इजरायलको सेनाले शनिबार साँझ युद्धविराम लागू भएको केही समयपछि गाजा पट्टीबाट दक्षिणी इजरायलतर्फ दुईवटा रकेट प्रहार गरिएको जनाएको छ।

इजरायलको सेनाले जवाफमा हवाई आक्रमण पनि गरेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *