बंगलादेश र म्यानमारको तटीय क्षेत्रमा आइपुग्यो ‘मोका’ चक्रवात, तस्विरमा हेर्नुहोस्…

डिसी नेपाल
३१ वैशाख २०८० १३:४६

काठमाडौं । पछिल्लो दशककै सबैभन्दा भीषण चक्रवात ‘मोका’ बंगलादेश र म्यानमारको तटीय क्षेत्रमा पुग्न थालेको छ ।

हावाको गतिका हिसाबले चक्रवातलाई धेरै वर्गमा विभाजन गरिएको छ भने मोका आँधीलाई पाँचौं श्रेणीमा राखिएको छ ।

यो आँधीको गति २५० किलोमिटर वा सोभन्दा बढी हुने अनुमान गरिएको छ ।

योसँगै यो आँधीका कारण समुद्र छेउछाउका क्षेत्रमा सामुद्रिक छालको उचाइ चार मिटरसम्म पुग्न सक्ने आशंका गरिएको छ ।

जसका कारण तटीय क्षेत्रमा बाढीको गम्भीर सम्भावना रहेको छ ।

यस प्रकोपबाट जनतालाई बचाउन प्रशासनले पाँच लाख मानिसलाई सुरक्षित स्थानमा पठाएको छ ।

तर, बंगलादेशको कक्स बजार र म्यानमारको समुद्री तट नजिकै बसोबास गर्ने १० लाख रोहिंग्या शरणार्थीलाई लिएर चिन्ता व्यक्त गरिएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *