मोका चक्रवात बंगलादेशबाट गइसक्यो, कस्तो रहनेछन् अबका केही दिन ?
काठमाडौं । बंगलादेशको मौसम विभागले मोका चक्रवातले बंगलादेशको क्षेत्र छोडेको जनाएको छ ।
विभागका निर्देशक अजिजुर रहमानले बीबीसी बंगला सेवालाई भने, “यो हाम्रो देशबाट पूर्ण रूपमा हटेको छ। यो अब हाम्रो क्षेत्रमा छैन।”
उनले भने, ‘अहिले हावाहुरी छैन, मानिसहरु घर फर्कन सक्छन् ।
हावाहुरी सकिए पनि अझै केही दिन वर्षा जारी रहने उनले बताए ।
उनले आगामी २४ घण्टासम्म समुन्द्रमा माछा मार्न नजान माछा मार्नेहरुलाई सुझाव दिएका छन् ।
चक्रवातका कारण बंगलादेशको सेन्ट मार्टिन टापुमा १२ सय घरमा क्षति पुगेको छ ।
आँधीका कारण ३ लाख ३४ हजार मानिस प्रभावित भएको अधिकारीहरूले बताएका छन् । आँधीका कारण कक्स बजारको रोहिंग्या शरणार्थी शिविरमा १० हजारभन्दा बढी घरमा क्षति पुगेको बताइएको छ ।
प्रतिक्रिया
Facebook Comment