टर्कीमा राष्ट्रपति चुनावमा अर्दोआन अगाडि, तर पार्टीको खराब प्रदर्शन
काठमाडौं । टर्कीमा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । वर्तमान राष्ट्रपति रेसेप तैयप अर्दोआनले ४९.४९ प्रतिशत मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कमल कल्चदारलु ४४.७९ प्रतिशत मतका साथ दोस्रो स्थानमा छन् ।
राष्ट्रपतीय निर्वाचनमा अर्दोआनले ४९.४९ प्रतिशत मत प्राप्त गरेको देशको सर्वोच्च निर्वाचन परिषद्ले जनाएको छ । उनका प्रतिद्वन्द्वी कमल कल्चदारलु ४४.७९ प्रतिशत मतका साथ दोस्रो स्थानमा छन् ।
निर्वाचन परिषद्का अनुसार राष्ट्रपति निर्वाचनमा ९१.९३ प्रतिशत मत गणना भइसकेको छ । तर संसदीय सिटका लागि भएको निर्वाचनमा अर्दोआनको पार्टी एकेपीको प्रदर्शन कमजोर रह्यो। पार्टीले ३५ प्रतिशत मत पाएको छ ।
आधिकारिक समाचार एजेन्सी एएका अनुसार यस निर्वाचनमा परेको ९६ प्रतिशत मत गणना भइसकेको छ । संसदको ६ सय सिटका लागि मतदान भएको थियो । सन् २००२ पछि यो पार्टीको सबैभन्दा खराब प्रदर्शन हो।
आजको नतिजापछि अर्दोनको पार्टीले २६७ सिट पाउने अनुमान गरिएको छ ।
यो पछिल्लो पटक सुरक्षित सिट भन्दा २८ कम हो । तर अन्य तीन दलसँगको गठबन्धनका कारण अर्दोआनको पार्टीले बहुमतका लागि आवश्यक ५६ सिट प्राप्त गर्न सक्नेछ ।
अर्थात् पार्टीले ३२३ सिट पाउन सक्छ । २०१८ को चुनावमा उनको पार्टीले ३४४ सीट जित्यो।
Facebook Comment