भारतका लागि अफगानिस्तानका राजदूतको आफ्नै देशको सरकारसँग विवाद

डिसी नेपाल
२ जेठ २०८० १३:१९

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले कादिर शाहलाई भारतको कार्यवाहक राजदूत नियुक्त गर्ने निर्णय गरेपछि अहिले भारतका लागि अफगानिस्तानका राजदूत फरीद मामुन्दजाइको प्रतिक्रिया आएको छ ।

फरीद २०२० देखि भारतका लागि अफगानिस्तानका राजदूत हुन्। अफगानिस्तानको कमाण्ड तालिबानमा नआउँदै फरीद भारतका लागि राजदूत थिए। उनले दिल्लीस्थित अफगानिस्तानको दूतावासले जारी गरेको विज्ञप्ति ट्वीट गरेका हुन् ।

उनले तालिवानको निर्देशनमा मिसनको जिम्मेवारी पाएको व्यक्तिको दाबीलाई अस्वीकार गरेको बताइएको छ । दूतावासले अफगान जनताको हितलाई समर्थन गर्ने र काबुलमा तालिबान सरकारलाई मान्यता नदिने भारतको निर्णयको प्रशंसा गरेको छ। विश्वका अन्य प्रजातान्त्रिक मुलुकले जस्तै भारतले पनि त्यही अडान लिइरहेको छ ।

विज्ञप्तिमा भनिएको छ, “तालिबानबाट ‘कार्यवाहक राजदूत’ भनी दाबी गर्ने व्यक्ति मिसनका अधिकारीहरू विरुद्ध निराधार अभियान चलाएर गलत सूचना फैलाउन जिम्मेवार छ। यी आरोपहरूमा मिसनमा भ्रष्टाचारको आरोप पनि समावेश छ।”

उनले अफगानिस्तानका जनतालाई उनीहरुको हितमा भारतमा सामान्य रुपमा काम गरिरहने जानकारी गराउन चाहेको पनि विज्ञप्तिमा उल्लेख छ । यसअघि तालिवानको विदेश मन्त्रालयले भारतस्थित आफ्नो दूतावासलाई भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै पत्र जारी गरेको थियो ।

तालिवानको विदेश मन्त्रालयले नयाँ दिल्लीस्थित आफ्नो दूतावासमा भारतीय कम्पनीलाई जग्गा भाडामा दिएको मामिलामा भ्रष्टाचार गरेको आरोप लगाएको छ । तालिवानको विदेश मन्त्रालयको यो पत्र अफगानिस्तानको टोलो न्यूजले पोस्ट गरेको हो।

भारतको अङ्ग्रेजी पत्रिका द हिन्दूको रिपोर्टका अनुसार फरीद मामुन्दजाईले भ्रष्टाचारको आरोप एकतर्फी, पक्षपाती र झुटो भएको भन्दै जवाफमा पत्र जारी गरेका छन् । फरीदले आफ्नो पत्रमा अफगानिस्तानमा लोकतान्त्रिक प्रणाली ध्वस्त भएको र अफगानिस्तानका नागरिकले देश बाहिर पनि कठिनाइको सामना गरिरहेको बताएका छन् । फरीद मामुन्दजाई सन् २०२० देखि भारतका लागि अफगानिस्तानका राजदूत छन् ।

गत महिना मात्रै तालिवानको विदेश मन्त्रालयले फरीद मामुन्दजाईलाई काबुल फिर्ता बोलायो। गत महिना २५ अप्रिलमा तालिवानको विदेश मन्त्रालयले फरीदलाई पत्र पठाएर काबुल फर्कन आग्रह गरेको थियो ।

सोही दिन तालिवानका विदेशमन्त्री आमिर खान मुत्ताकीले ट्रेड काउन्सिलर कादिर शाहले दिल्लीस्थित अफगान दूतावासको भ्रमण गर्ने बताएका थिए। तालिबानले अप्रिल २०२२ मा चीनमा पनि त्यस्तै गरेको थियो। तालिवानले बेइजिङस्थित आफ्नो दूतावासबाट तत्कालीन राजदूतलाई फिर्ता बोलाएको थियो।

यदि भारतले राजदूत परिवर्तन गर्ने तालिबानको निर्णयलाई स्वीकार गर्छ भने, यसलाई तालिबानसँगको भारतको सम्बन्धलाई औपचारिक बनाउने अर्को कदमको रूपमा हेरिनेछ। भारतले विगतमा तालिबानमाथि धेरै आतङ्ककारी हमला गरेको आरोप लगाएको छ । सन् २००८ मा काबुलस्थित भारतीय दूतावासमा हमलाको घटना पनि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *