युवतीले जब एडल्ट साइटमा आफ्नो फोटो देखिन्…
काठमाडौं । एउटी युवतीले वयस्क वेबसाइटमा आफ्नो फोटो देख्दा छक्क परिन् । उनले फोटोसुटका क्रममा यी तस्विरहरु खिचेकी हुन् । तर फोटोग्राफरले उनको सहमति बिना वयस्क वेबसाइटमा अपलोड गरे । तर, युवतीले चाहेर पनि फोटोग्राफरविरुद्ध कानुनी कारबाही गर्न सकिनन् । यसको पछाडिको बाध्यता उनले नै बताएकी छिन् । कुरा अमेरिकाको हो ।
डेली स्टारसँग कुरा गर्दै २१ वर्षीया सावा शुल्ट्जले नर्सिङको कोर्स गर्दै मोडलिङमा करियर बनाउने निर्णय गरेको बताइन् । यसका लागि एक फोटोग्राफरलाई सम्पर्क गरिन् जसले उनको ग्ल्यामरस फोटो खिचे । तर उनले धोका दिए र उनका फोटोहरू वयस्क साइटमा नसोधी अपलोड गरे।
अमेरिकाको उटाहमा बस्ने सावा भन्छिन्, त्यो बेला म १९ वर्षकी थिएँ । साथीहरूले थाहा पाए कि मेरा फोटोहरू कुनै वयस्क वेबसाइटमा उपलब्ध छन्। यो थाहा पाएपछि मेरो होश उड्यो, किनकि मैले कसैलाई त्यसो गर्ने अनुमति दिएको थिइनँ।
त्यो पललाई सम्झँदै सावाले भनिन्–‘मेरो बोल्ड तस्बिर सामाजिक सञ्जालमा पनि लिक भएको मानिसहरूले बताएपछि मेरो मन दुखेको थियो । त्यसमा मेरो नियन्त्रण थिएन । फोटोग्राफरको धोकाले मलाई लज्जित र कमजोर महसुस गरायो। यो कुरामा मलाई रिस पनि उठ्यो । तर कुनै न कुनै रूपमा आफूलाई सम्हालें ।
सावाले फोटोग्राफरसँग लिखित सम्झौता नगरेका कारण उनीविरुद्ध कानुनी कारबाही गर्न नसक्ने बताइन् । तर, उनले भविष्यका लागि एउटा पाठ पक्कै पाएकी छिन् । यसबारे सावाले अरुलाई पनि सचेत गराएकी छिन् ।
हाल, सावा पूर्ण-समय कन्टेन्ट क्रिएटरको रूपमा काम गर्दैछिन्। उनले आफूलाई मोडलको रुपमा स्थापित गरिसकेकी छिन् । सावाले एडल्ट साइटमा आफ्नै खाता पनि बनाएकी छिन् । योसँगै इन्स्टाग्राममा उनलाई १० लाखभन्दा बढीले फलो गरेका छन् । यहाँ उनले आफ्ना ग्ल्यामरस तस्विरहरु पोस्ट गरिरहेकी छिन् । फ्यानहरूले उनको सुन्दरता र लुक्सको तारिफ गरिरहेका छन् ।
Facebook Comment