पर्यटक भिसामा साउदी अरबमा हज गर्न नपाइने, जान्नुहोस् नयाँ नियम

डिसी नेपाल
३ जेठ २०८० १३:०२

काठमाडौं । पर्यटक भिसामा साउदी अरब जाने यात्रुले हजको समयमा हज र उमराह गर्न पाउने छैनन्। हज र उमराह मन्त्रालयले पर्यटक भिसा भएका व्यक्तिहरूलाई हजको समयमा हज र उमराह गर्न अनुमति नदिने जनाएको छ।

९० दिने पर्यटक भिसा भएका व्यक्तिहरूलाई मात्र उमराह गर्न अनुमति दिइन्छ तर हज अवधिमा उनीहरूले त्यसो गर्न सक्ने छैनन्। मन्त्रालयले पर्यटकलाई नियम पालना गरी भिसाको म्याद सकिएलगत्तै देश छाड्न आग्रह गरेको छ ।

यसैबीच साउदी अरेबियाले सोमबार मक्का प्रवेशका लागि सवारी साधन र व्यक्ति दुवैलाई अनुमति आवश्यक पर्ने नियम बनाएको छ । मक्कामा जुन २६ बाट हजयात्रा सुरु हुने सम्भावना छ । यो मिति पनि परिवर्तन हुन सक्छ किनकि यो आधिकारिक रूपमा घोषणा गरिएको छैन।

साउदी अरेबियाले प्रत्येक देश अनुसार हज कोटा तयार गर्दछ। इन्डोनेसियामा सबैभन्दा बढी कोटा छ। त्यसपछि पाकिस्तान, भारत, बंगलादेश, नाइजेरियाको नम्बर आउँछ। यसबाहेक इरान, टर्की, इजिप्ट, इथियोपिया लगायतका देशबाट हजयात्री आउने गर्दछन् ।

मक्का पुगेपछि मुस्लिमहरू पहिले उमराह गर्छन्। उमराह एक छोटो धार्मिक प्रक्रिया हो। हज एक विशेष महिनामा गरिन्छ तर उमराह वर्षको कुनै पनि समयमा गर्न सकिन्छ। हजमा जाने व्यक्तिहरूले सामान्यतया उमराह पनि गर्छन्, यद्यपि यो अनिवार्य छैन।

कोभिड महामारी अघि साउदी अरेबियाले हजबाट हरेक वर्ष ३० अर्ब डलर राजस्व प्राप्त गर्ने गरेको थियो । सन् २०२२ मा साउदी अरबमा हजका कारण एक लाख नयाँ रोजगारी सिर्जना भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *