बीस बर्ष अघि बलात्कारका मुद्दाका दाेषी तनहुँमा पक्राउ

तनहुँ। २० वर्ष अघि जबरजस्ती करणी गरेको घटनालाई लिएर तनहुँमा हालै एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार व्यास नगरपालिका-२ उत्तरशिलाका ४८ वर्षीय विनोद शाक्य २० बर्ष पछि पक्राउ परेका हुन्।
प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार २० बर्ष पछि शाक्यलाई उनकै घरबाट पक्राउ गरी जिल्ला कारागार पठाइएको छ। उनका अनुसार जिल्ला अदालत तनहुँले २०६० असोज २८ गतेको गरेको फैसला अनुसार उनलाई ५ वर्ष कैद सजायँ तोकेको थियो।
तर, सो सजाय तोकेको भए पनि उनी भने २० वर्षदेखि फरार रहँदै आएका थिए।
प्रतिक्रिया
Facebook Comment