इमरान खानले भने- हिरासत अघिको यो मेरो अन्तिम ट्वीट हो

डिसी नेपाल
४ जेठ २०८० १४:३७

काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तको सरकारले देशको प्रमुख विपक्षी दल पीटीआईलाई २४ घण्टाको समय दिएको छ । पञ्जाबका सूचना मन्त्री आमिर मिरले भने, “गुप्तचर जानकारीका अनुसार सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने ३० देखि ४० आतंककारीले जमान पार्कमा रहेको इमरान खानको घरमा शरण लिएका छन्।”

यसबारे पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले उनको घरलाई चारैतिरबाट प्रहरीले घेरा हालेको बताएका छन् । पीटीआई प्रमुखले ट्विट गर्दै भनेका छन्, ‘अर्को नजरबन्द हुनुअघिको यो मेरो अन्तिम ट्वीट हो । प्रहरीले मेरो घरलाई चारैतिरबाट घेरा हालेको छ ।’

आमिर मीरले आरोप लगाए, “जिन्ना हाउसमा तोडफोड र ध्वस्त गर्ने आतंककारीहरू शरण लिनेहरूमध्ये एक हुन्।” उनले पीटीआई नेतृत्वलाई २४ घण्टाभित्र ती आतंककारीहरूलाई पञ्जाब प्रहरीलाई सुम्पिदिन आग्रह गरेका छन्।

प्रहरीले जमान पार्क बाहिरको सडकमा फेरी नाकाबन्दी सुरु गरेको छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो घरलाई प्रहरीले चारैतिरबाट घेरेको बताएका छन् ।

पीटीआई प्रमुखले ट्विट गर्दै भनेका छन्, ‘अर्को नजरबन्द हुनुअघिको यो मेरो अन्तिम ट्वीट हो । प्रहरीले मेरो घरलाई चारैतिरबाट घेरा हालेको छ ।’ बुधबार इस्लामावाद उच्च अदालतले इमरान खानको गिरफ्तारीमा प्रतिबन्ध लगाउने म्याद ३१ मे सम्म बढायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *