टाइगर ३ को एउटै एक्सनमा ३० करोड खर्च
मुम्बई। बलिउडमा हालसम्म सबैभन्दा बढी कमाई गर्न सफल फिल्म ‘पठान’मा शाहरुख खान र सलमान खानको एकसाथ उपस्थिति दर्शकका लागि उत्कृष्ट स्वाद बन्यो।
उनीहरुको एक्सन सिक्वेन्सलाई दर्शकले उत्तिकै मनपराए। अब यो फिल्मपछि शाहरुख र सलमान यशराज फिल्मस अन्तर्गत स्पाई युनिभर्सको आगामी स्पाई थ्रिलर फिल्म ‘टाइगर ३’मा एकसाथ देखिँदैछन्। ‘पठान’मा सलमानको केमियो भए जस्तै ‘टाइगर ३’ मा शाहरुख केमियो गर्दैछन्।
फिल्म निर्माताले फिल्मको एक एक्सन दृश्यका लागि ३० करोड रुपैयाँ खर्च गरेका छन्। फिल्ममा शाहरुख र सलमानको यो एक्सन दृश्य एक बाइक चेज सिक्वेन्सको हुनेछ।
फिल्म ‘पठान’मा दुवैले शाहरुख र सलमानको एक्सन दृश्य एक रेल भित्र भइरहँदा ‘टाइगर ३’मा भने उनीहरुले एक पुलमा एक्सन कला देखाउनेछन्। यो एक्सन दृश्य फिल्मकै सबैभन्दा ठूलो एक्सन दृश्य हुने बताइएको छ। तर यो दृश्यमा फिल्मका मुख्य भिलेन इमरान हासमी र प्रमुख अभिनेत्री कटरीना कैफ भने देखिने छैनन्।
हालका दिनमा यो एक्सन दृश्य मड आइलेण्डमा सुट गरिरहेको छ। एक्सनका लागि एक ठूलो सेट बनाइएको छ। जसमा ५ दिन सुटिङ भइसकेको छ भने अब करिब ८ दिनमा सुटिङ पुरा हुनेछ। यो सेटका लागि निर्माताले ३० करोड रुपैयाँ खर्च गरिसकेका छन्। फिल्ममा मनीष शर्माको निर्देशन छ।
Facebook Comment