इटालीमा बाढीमा परी नौ जनाको मृत्यु, १३ हजार घरबारबाट विस्थापित

डिसी नेपाल
६ जेठ २०८० ९:५६

काठमाडौं । इटालीमा २० वटा नदीमा बाडी आउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने १३ हजारभन्दा बढी मानिसलाई घरबाट सुरक्षित स्थानमा सारिएको छ ।

सबै नदीहरू रिमिनीदेखि उत्तर पूर्वी तटमा रहेको बोलोग्ना सहरसम्म करिब ११५ किलोमिटरको बीचमा बगेका छन्।

यस अवधिमा २ सय ८० वटा पहिरो खसेका छन् भने राति नै सर्वसाधारणलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।

धेरैले जलवायु परिवर्तनका कारण हुने चरम मौसमलाई प्रतिक्रिया दिन र रोक्न राष्ट्रिय योजनाको आवश्यकता रहेको चेतावनी दिइरहेका छन्।

नागरिक संरक्षण मन्त्री नेलो मुसुमेसीले ३६ घण्टामा २० सेन्टिमिटर पानी परेको र कतिपय ठाउँमा ५० सेन्टीमिटरसम्म पानी परेकोले अवस्था भयावह बनेको बताए ।

सिमेन्ट उत्पादन गर्दा लामो समयसम्म जमिन सुक्खा रहँदा पानी सोस्ने क्षमता घटेको उनले बताए ।

यी क्षेत्रमा ४० वर्षदेखि बाँध नबनेकाले अब नयाँ किसिमको बाँध निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

अर्कोतर्फ सडक पानीमा डुबेका र कयौं शहर अन्धकारमा डुबेकाले राहत तथा उद्धार कार्यमा निकै समस्या भइरहेको छ ।

प्रधानमन्त्री जर्जिया मेलोनीले यस प्रकोपबारे अर्को मंगलबार उच्चस्तरीय बैठक बोलाउने बताएकी छिन् ।

सञ्चारमाध्यमका अनुसार बाढीका कारण २३ वटा नदीको किनारा फुटेको छ । सबैभन्दा बढी क्षति जेना नदीले गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *