हिरोसिमा सहरमा जी–७ को बैठक बस्दै
काठमाडौं । जापानको हिरोसिमा सहरमा मे १९ देखि २१ सम्म जी–७ राष्ट्रहरुको सम्मेलन भइरहेको छ ।
जापानको हिरोसिमामा जी-७ को बैठक आयोजना गर्नुको विशेष उद्देश्य छ। जापान यसमार्फत शान्ति र आणविक निशस्त्रीकरणको सन्देश दिन चाहन्छ ।
सन् १९४५ को अगस्टमा हिरोसिमामा नै विश्वको पहिलो परमाणु बम खसालिएको थियो । त्यसमा हजारौंको ज्यान गयो भने हजारौं शारीरिक रूपमा अशक्त भए ।
हिरोसिमा जापानका प्रधानमन्त्री फुमियो किशिदाको गृहनगर पनि हो।
जी-७ को बैठक यस्तो समयमा हुँदैछ जब पश्चिमी देशहरूले रूसलाई परमाणु हतियार प्रयोग नगर्न निरन्तर चेतावनी दिइरहेका छन्।
अर्कोतर्फ उत्तर कोरियाले पनि आफ्नो आणविक क्षेप्यास्त्र परीक्षण बढाएको छ ।
जी-७ प्रमुख औद्योगिक राष्ट्रहरूको संगठन हो। यसमा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायत सामेल छन्। युरोपियन युनियनका दुई प्रतिनिधि पनि यसमा सहभागी छन् ।
परम्परा अनुसार सम्मेलनमा जी-७ का गैरसदस्य राष्ट्र र अन्तर्राष्ट्रिय संगठनका नेताहरू पनि सहभागी हुन्छन्।
Facebook Comment