जापानलाई उछिन्दै चीन सबैभन्दा ठूलो कार निर्यात गर्ने देश बन्यो

डिसी नेपाल
६ जेठ २०८० १०:०६

काठमाडौं । चीनले आफू विश्वको सबैभन्दा ठूलो कार निर्यात गर्ने देश भएको बताएको छ । यस वर्षको पहिलो तीन महिनामा चीनले कार निर्यातमा जापानलाई उछिनेको छ ।

यसअघि जापान विश्वको सबैभन्दा ठूलो कार निर्यात गर्ने देश थियो। गत हप्ता सार्वजनिक भएको तथ्यांक अनुसार चीनले यस वर्षको पहिलो तीन महिनामा १०.०७ लाख कार निर्यात गरेको छ ।

यो सन् २०२२ को पहिलो तीन महिनाको तथ्यांकभन्दा ५८ प्रतिशत बढी हो । जापानले यो वर्षको पहिलो तीन महिनामा ९ लाख ५४ हजार १८५ कार निर्यात गरेको छ ।

यो सन् २०२२ को पहिलो तीन महिनामा भएको निर्यातको तुलनामा ६ प्रतिशत बढी हो । रसियामा विद्युतीय कारको माग र कारको बिक्रीमा भएको वृद्धिका कारण चीनको निर्यात बढेको हो ।

गत वर्ष चीनले जर्मनीलाई उछिन्दै विश्वको दोस्रो ठूलो कार निर्यात गर्ने देश बनेको थियो। भन्सारको सामान्य प्रशासनका अनुसार सन् २०२२ मा चीनले ३२ लाख सवारी साधन निर्यात गरेको थियो । जबकि जर्मनीले २६ लाख गाडी निर्यात गरेको थियो ।

वास्तवमा, चीनको कार बजारले विश्वव्यापी रूपमा विद्युतीय कारहरूको बढ्दो मागको फाइदा पाइरहेको छ। टेस्लाको चिनियाँ इकाई एसएआइसी चीनको नयाँ ऊर्जा सवारी साधनहरूको सबैभन्दा ठूलो निर्यातक हो।

टेस्लाको सांघाईमा ठूलो इलेक्ट्रिक कार प्लान्ट छ। यहाँबाट जापान र युरोपेली बजारमा कार निर्यात हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *