अमेरिकाले युक्रेनलाई एफ–१६ लडाकु विमान लिन सहयोग गर्ने, जेलेन्स्कीले के भने ?

डिसी नेपाल
६ जेठ २०८० ११:०५

काठमाडौं । अमेरिकाले युक्रेनलाई एफ–१६ लडाकु विमान खरिद गर्न सहयोग गर्नेछ । जसमा अमेरिकामा बनेका एफ–१६ लडाकु विमान पनि पर्छन् । यसका साथै युक्रेनी पाइलटहरूलाई यो उडान गर्ने तालिम पनि दिइनेछ ।

ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले राष्ट्रपति जो बाइडेनले जापानमा भइरहेको जी–७ सम्मेलनमा यो जानकारी दिएको बताएका छन् ।

विगत केही महिनादेखि युक्रेनका लागि लडाकू विमानको माग गर्दै आएका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो निर्णयले आफ्नो देशको सैन्य शक्तिमा थप वृद्धि हुने बताएका छन् ।

अमेरिकाले यो योजना स्वीकृत गरेपछि अन्य देशहरूले पनि आफ्ना एफ–१६ लडाकु विमान युक्रेनलाई दिन सक्नेछन् ।

यसअन्तर्गत अमेरिकाले सहयोगी राष्ट्रहरूबाट एफ–१६ स्पेयर पार्ट्स पुनः निर्यात गर्न अनुमति दिनुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *