म्यानमारको सेनालाई भारतले ठूलो परिमाणमा हतियार दियो : राष्ट्रसंघ

डिसी नेपाल
६ जेठ २०८० ११:२०

काठमाडौं । म्यानमारको सेनाले सन् २०२१ मा भएको ‘कु’पछि १ अर्ब डलरको हतियार किनेको छ । संयुक्त राष्ट्र संघका विज्ञहरुका अनुसार म्यानमार सेनाले लगाएको प्रतिबन्धका बाबजुद पनि यो खरिद गरेको हो । अधिकांश हतियार रुस, चीन र सिङ्गापुरका कम्पनीबाट खरिद गरिएको हो । यससँगै पछिल्लो दुई वर्षमा म्यानमारको सेनाले भारतीय कम्पनीहरूबाट ४२० करोड रुपैयाँ बराबरको हतियार र सामान प्राप्त गरेको छ ।

संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा सेनाले यी हतियारहरू नागरिकविरुद्ध हिंसा गर्न प्रयोग गरेको बलियो प्रमाण रहेको बताएको छ। यति हुँदाहुँदै पनि कतिपय देशले सेनालाई नरोकिएर हतियार आपूर्ति गरेका छन् ।

रुस म्यानमारको सेनालाई हतियार दिनमा अग्रपंक्तिमा छ । रुसले २ वर्षमा म्यानमारलाई ४ हजार करोड रुपैयाँको हतियार दिएको छ । योसँगै उनीहरुले चीनबाट २ हजार करोडको हतियार पाएका छन् । म्यानमारलाई हतियार र सामग्री आपूर्तिमा रुस, चीन र भारतका सरकारी कम्पनी पनि संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्रका विज्ञहरूले यी देशका सरकारहरूसँग आफ्नो जानकारी साझा गर्दा रुस र चीनले केही भन्न अस्वीकार गरे।

जबकि भारत सरकारले हतियार दिने सम्झौता अघिल्लो सरकारमा भएको बताएको छ । त्यसैगरी, १ अर्ब डलरमध्ये ९४ करोड ७० लाख डलर म्यानमारको सेनासँग सम्बन्धित कम्पनीहरूसँग प्रत्यक्ष रूपमा हतियारको कारोबार भएको थियो। यसको मतलब हतियार आपूर्ति गर्ने देशहरूलाई थाहा थियो कि उनीहरूले त्यहाँ सेनासँग प्रत्यक्ष व्यवहार गरिरहेका छन्।

गत महिना त्यहाँको सागाङको पाजिगी गाउँमा म्यानमारको सेनाले आक्रमण गरेको थियो । यस क्रममा रुसी लडाकु विमान याक–१३० पाजिगी क्षेत्रमा सेनाको नजिक देखिएको थियो । जसका साथ सेनाले ३ सय जनामाथि २५० किलो बम प्रहार गरेको थियो । आक्रमण यति तीव्र थियो कि मानिसहरुको शव समेत चिन्न सकेको थिएन । यसबाहेक सेनाले पनि २० मिनेटसम्म लगातार फायरिङ गरेको थियो । जसमा एक सयभन्दा बढीको मृत्यु भएको थियो ।

फेब्रुअरी २०२१ मा म्यानमारमा सेनाले कु गरेको थियो । त्यहाँको प्रहरीले नेतृ आङ सान सुकीमाथि धेरै आरोप लगायो र उनलाई जेल हाल्यो । सेनाले म्यानमारमा सन् २०२० को चुनाव धाँधली भएको भन्दै कूलाई जायज ठहरायो। यी चुनावमा आङ सान सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीले एकतर्फी जित हासिल गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *