अष्ट्रेलियामा बैठक रद्द भएपछि मोदी र क्वाड देशका अन्य नेताले कहाँ भेट्नेछन् ?

डिसी नेपाल
६ जेठ २०८० १२:५५

काठमाडौं । क्वाड बैठकका लागि जो बाइडेनको अस्ट्रेलिया भ्रमण रद्द भएपछि क्वाड नेताहरूबीच हिरोसिमामा शीर्ष बैठक गर्ने सहमति भएको छ।

जी–७ को बैठकमा सहभागी हुन क्वाडका चार सदस्य राष्ट्र अमेरिका, अष्ट्रेलिया, भारत र जापान हिरोसिमा आइपुगेका छन् ।

यहाँ चार देशका नेताहरुले भेटेर क्वाडको पछिल्लो एक वर्षमा भएको प्रगतिको समीक्षा गर्न सक्नेछन् ।

ह्वाइट हाउसका प्रवक्ता केरिन जीन पियरेले एक विज्ञप्ति जारी गर्दै बाइडेनले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज, जापानका प्रधानमन्त्री फुमियो किशिदा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आमनेसामने भेट गर्ने जानकारी दिएका छन् ।

यी प्रधानमन्त्रीबीचको भेटमा रणनीतिक विषयमा डिजिटल प्रविधि, सबमरिन केबुल, पूर्वाधार क्षमता अभिवृद्धिलगायतका धेरै विषयमा सहकार्यका विषयमा छलफल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *