महिलाले पुटिनका आमाबुवाको चिहानमा चिठ्ठी राखिन्, आपत्तिजनक कुरा लेखिएपछि मानिसहरू आक्रोशित

डिसी नेपाल
६ जेठ २०८० १३:४७

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आमाबुवाको चिहानमा ६० वर्षीया महिलाले चिठ्ठी छोडेकी छिन् । जसमा यस्ता कुराहरु लेखिएका छन्, जसका कारण रुसका जनता आक्रोशित हुन बाध्य छन् । यी महिला पनि रुसकी हुन् । उनको पहिचान इरिना त्स्याबनेभाको रूपमा गरिएको छ। पत्रमा उनले धेरै आपत्तिजनक कुरा लेखेकी छन् । इरिनाले यसमा पुटिनप्रति आक्रोश पोखेकी छिन् ।

रोयटर्सको रिपोर्टका अनुसार ती महिलालाई यो ‘अपमानजनक पत्र’ लेखेकोमा दुई वर्षको जेल सजाय सुनाइएको छ। अभियुक्तलाई तीन वर्षको जेल सजायको माग गरिएको थियो । उनलाई अक्टोबरमा सेन्ट पिटर्सबर्गमा रहेको चिहान अपवित्र गरेको आरोप लागेको थियो । उनले पुटिनका आमा र बुबालाई ‘पागलका अभिभावक’ भनेकी छिन् ।

पत्रमा लेखिएको थियो, ‘पुटिनको मृत्यु, तपाईंले एक पागल र हत्यारालाई जन्म दिनुभयो।’ उनले पुटिनका मृतक आमाबुवालाई अनुरोध गर्दै लेखेकी छन् ‘यसलाई आफ्नो साथमै लैजाउ’ । रुसको सोटा समाचार साइटका अनुसार इरिनाले दुई वर्षको निलम्बित सजाय पाएकी छिन् ।

उनले सजाय विरुद्ध पुनरावेदन गर्ने योजना बनाएकी छैनन्। इरिनाले युक्रेन युद्धको बारेमा टेलिभिजनमा देखाइएको समाचार हेरेर उक्त पत्र लेखेको बताइन् । उनले भनिन्, ‘मैले बुझें कि सबै कुरा धेरै डरलाग्दो छ, सबै धेरै दुःखद छ र धेरै मानिसहरू मरेका छन्।’

युक्रेन र रुसबीच चलिरहेको युद्धका कारण पुटिनप्रति जनता निकै आक्रोशित छन् । यसमा युक्रेनी मात्र होइन रुसीहरू पनि पर्छन्। यस युद्धमा ठूलो संख्यामा आम नागरिक र सैनिक मारिएका छन् ।

रुसले विशेष सैन्य अभियानको नाममा युक्रेनमा आक्रमण गरेको थियो । उसले यसलाई युद्धको नाम दिएको छैन। हालसम्म रुसले युक्रेनको धेरै भाग कब्जा गरिसकेको छ । योसँगै युक्रेनले पश्चिमी देशको सहयोगमा रुसविरुद्ध युद्ध लडिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *