शिक्षकले निबन्ध लेख्न भने, धेरै विद्यार्थीले एउटै कुरा लेखे, १३ वर्षीय बालकमाथि अनुसन्धान सुरु

डिसी नेपाल
६ जेठ २०८० १३:५२

काठमाडौं । १३ वर्षको स्कुले बालक एक्लैले प्राविधिक कम्पनी चलाइरहेका छन् । यो सुन्दा निकै अनौठो लाग्छ । सोही कारण विद्यालयले बालकमाथि अनुसन्धान थालेको छ । यी बालकले आफू इन्टरनेट प्रविधि कम्पनीको मालिक भएको दाबी गरेका छन् । उनको मातहतमा ५ देखि ६ जना कर्मचारी कार्यरत छन्, जसलाई उनले नियमित तलब दिने गरेका छन् । विद्यालयमा दिइएको कामबाट यो कुरा खुलासा भएको हो ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार बालबालिकालाई सफल सहपाठीको बारेमा निबन्ध लेख्न भनिएको थियो । त्यसपछि कक्षाका धेरै विद्यार्थीले यही बालकको बारेमा लेखे । विद्यालयका प्रवक्ता भन्छन्, ‘उनी पक्कै पनि कुनै कम्पनीको प्रमुख होइनन् । यो असम्भव छ।’ यो कुरा चीनको हो ।

यससँग सम्बन्धित एउटा भिडियो स्थानीय सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा कक्षामा शिक्षकलाई बच्चाले आफ्नो कम्पनी रहेको बताए । भिडियो भाइरल भयो । त्यसपछि यो दावीमा प्रश्न उठ्न थालेको छ । किनभने चीनमा १८ वर्षभन्दा कम उमेरका मानिसले कानुनी रूपमा कम्पनी चलाउन पाउँदैनन् ।

भाइरल भिडियो चोङकिङमा बस्ने एक विद्यालयका शिक्षकले शेयर गरेका थिए। उनले बालबालिकालाई सफल सहपाठीका बारेमा निबन्ध लेख्नुपर्ने बताए । एउटै कक्षामा पढ्ने एक बालकले प्राविधिक कम्पनी चलाउँछन् भनेर केही बालबालिकाले लेखेपछि शिक्षक छक्क परे ।

त्यसपछि शिक्षकले यो बच्चालाई सोधे, ‘मैले सुनेको छु कि तपाई मध्ये एक जना बोस हुनुहुन्छ, जो कम्पनीको मालिक हुनुहुन्छ। उ को हो ?’ त्यसपछि सबै बच्चाहरूले चश्मा र मास्क लगाएको केटालाई हेर्न थाले।

शिक्षकले बच्चालाई सोध्छन्, तिम्रो कम्पनीले के व्यवसाय गर्छ ? बच्चाले जवाफमा इन्टरनेट प्रविधि भन्छन् । कम्पनीमा काम गर्नेलाई तलब दिनुहुन्छ ? भनेर सोध्दा उनले ‘दिन्छु’ जवाफ दिए । त्यसपछि शिक्षकले उनको प्रशंसा गर्छन्।

तर, बच्चा कुन परिवारबाट आएको हो, खुलाइएको छैन । भिडियो लाखौंले हेरेका छन् । कोही भन्छन् कि यो केटाले सबैभन्दा कान्छो मालिक बन्न गिनिज वल्र्ड रेकर्डको लागि आवेदन दिनुपर्छ। कसैले भन्छ उसको कम्पनीमा खाली ठाउँ छ भने म पनि आवेदन दिन्छु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *