जी-७ सम्मेलन: जो बाइडेनले आज युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई भेट्ने छन्
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानको हिरोसिमा सहरमा जारी जी–७ देशको सम्मेलनको अन्तिम दिन युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने छन् ।
जेलेन्स्की शनिबार यहाँ आइपुगेका थिए। यसअघि बेलायती प्रधानमन्त्री ऋषि सुनकले जी–७ युक्रेनका जनतासँग दृढताका साथ उभिने बताएका थिए ।
अमेरिकाले युक्रेनलाई एफ–१६ लडाकु विमान लिन सहयोग गर्ने भएको छ । जेलेन्स्कीले भनेका छन् कि यसले युक्रेनको सेनाको क्षमतामा ठूलो वृद्धि गर्नेछ।
Facebook Comment
प्रतिक्रिया
अमेरिकी हरुकाे नियत भनेको जसरी हुन्छ रुष र चिन बिरुद्ध भिडन्त गर्ने हाे,यतातिर अाएर ताइवानलाइ चिन बिरुद्ध उकास्ने र चिनकाे साेसासित क्षेत्र कब्जा गर्ने ,चिन लाई दमन गरेर युद्ध ग्रस्त सिरिया र जस्तो बनाउने र युक्रेन मा जिलेस्कि लाई रुष बिरुद्ध उक्साएर रुषमाथि हमला गर्ने र अाणबिक हतियार बिक्री गर्ने ,यो सबै एक पर्कारकाे हतियार बिक्री गर्ने ब्यापारीक पाेलेसि र संसार लाई अातंकित तुल्याएर शासन गर्ने अमेरिकी रणनीति अत्यन्तै गैरजिम्मेवार र बिराेधाभाषपुर्ण छ।एसियाली राष्ट्र हरुकाे छाता राष्ट्र चिन नै हाे,यसैको समर्थन मा निर्बिबाद उत्रनु सबै पुर्बी एसियाली मुलुक हरुकाे कल्याण हुनेछ ।