चीनलाई क्वाड देशको सन्देश – ‘इन्डो-प्यासिफिकमा शान्ति र स्थिरताका लागि प्रतिबद्ध छौं’
काठमाडौं । जी–७ सम्मेलनमा सहभागी हुन जापानको हिरोसिमा पुगेका क्वाड देशका नेताहरुले बैठकपछि इन्डो–प्यासिफिक क्षेत्रमा स्थायित्वका लागि प्रतिबद्ध रहेको बताए ।
क्वाड देशका नेताहरूले जारी गरेको विज्ञप्तिमा अमेरिका, अष्ट्रेलिया, जापान र भारत इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थिरताका लागि प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।
क्वाड एकपक्षीय रूपमा यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्ने कुराको कडा विरोध गर्दछ। यो विज्ञप्ति जारी गरेर क्वाड नेताहरूले इशारामा चीनलाई सन्देश दिएका छन्।
यी नेताहरूले इन्डो-प्यासिफिक क्षेत्रका विवादित क्षेत्रमा बढ्दो सैन्यकरणप्रति गम्भीर चिन्ता व्यक्त गरे। यसो गर्दा धेरै देशसामु अवरोध खडा भइरहेको उनीहरूले बताए । यी नेताहरूले त्यहाँको सामुद्रिक स्रोतको खोजीमा पनि चिन्ता व्यक्त गरे।
दक्षिण चीन सागरको विवादित क्षेत्रमाथि चीनले लगातार आफ्नो दाबी गर्दै आएको छ । उसले यहाँ आफ्नो कृत्रिम टापु बनाएको छ । विश्लेषकहरू भन्छन् कि यी सैन्य पोस्ट जस्तै देखिन्छ।
अमेरिका, अष्ट्रेलिया, जापान र भारतको सङ्गठन क्वाडको बैठक अन्तिम समयमा अमेरिकी ऋण सङ्कटका कारण स्थगित गर्नुपरेको थियो ।
तर अहिले यी देशका नेताहरुले हिरोसिमामा नै बैठक गरेका छन् । यी सबै नेता जी–७ सम्मेलनमा सहभागी हुन यहाँ आएका हुन् ।
Facebook Comment