मेक्सिकोमा कार रेसिङको क्रममा गोलीबारी, कम्तीमा १० जनाको मृत्यु

डिसी नेपाल
७ जेठ २०८० १५:१२

काठमाडौं । शनिबार उत्तरी मेक्सिकोको बाजा क्यालिफोर्नियामा लागुऔषध माफियाहरूबीच भएको ग्याङ्युद्धमा १० जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मृतक सबै कार रेसरहरू थिए जो अल-टेरेन कार रेसिङ शोमा भाग लिन आएका थिए।

डेली मेलका अनुसार रेसका क्रममा जब यी मानिसहरू एन्सेनाडा शहरको सान भिसेन्टे क्षेत्रमा रहेको एउटा ग्यास स्टेशनमा रोकिए, तब केही मानिसहरू बन्दुक लिएर ठूला गाडीहरूबाट बाहिर आए र गोली चलाउन थाले। आक्रमणपछि राज्य प्रहरी, मरीन, फायर ब्रिगेड र मेक्सिकन रेड क्रसका टोली घटनास्थलमा पुगेका थिए।

मिडिया रिपोर्टहरूका अनुसार एन्सेनाडामा यो गोलीबारी दुई ड्रग माफिया समूह – एरेलानो फेलिक्स कार्टेल र सिनालोआ कार्टेल बीचको आपसी शत्रुताका कारण भएको थियो। बाजा क्यालिफोर्निया अपराधको गढ मानिन्छ। यो सहर अमेरिका-मेक्सिको सिमानाको ठीक तल पर्छ। अमेरिकामा लागुऔषध मानव बेचबिखनका सबै रुटहरू यसैबाट जान्छन्। त्यसैले यो क्षेत्र कब्जा गर्न लागुऔषध माफियाहरुबीच बारम्बार ग्याङयुद्ध हुने गरेको छ ।

मेयर अर्मान्डो आयला रोबल्सले गोली प्रहारको अनुसन्धान गर्न राज्यका महान्यायाधिवक्ताले विशेष टोली गठन गरेको बताए । तर, पीडितको पहिचान र राष्ट्रियता भने सार्वजनिक गरिएको छैन । मेक्सिकन रेड क्रसले घाइतेहरूलाई उत्तरी बाजा क्यालिफोर्नियाको अस्पतालमा पुर्‍यायो। हाल उनको अवस्था चिन्ताजनक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *