नख्खु–भैँसेपाटी–बुङमति अन्तर्गत सडकखण्डको काम छिटो सक्न निर्देशन
काठमाडौँ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललितपुरको नख्खु–भैँसेपाटी–बुङमति अन्तर्गत भैँसेपाटी आवास क्षेत्रको सडकखण्डको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्।
सोमबार उक्त सडकखण्डको स्थलगत निरिक्षण गर्दै मन्त्री ज्वालाले ज्येष्ठ मसान्तभित्र काम गर्ने प्रतिवद्धता ठेकेदार कम्पनीले गरेको भन्दै आफुले काम छिटो सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिए।
काम सम्पन्न गर्नेका लागि देखिने समस्याहरुलाई सरकारले समाधान गर्ने र ठेकेदार कम्पनीले पनि ढिलासुस्ती नगरि काम गर्नुपर्ने उनको भनाई छ।
समयमा नै सडक निर्माणको काम सम्पन्न नभएको भन्दै भैँसेपाटीका स्थानीयहरुले केहि दिनअघि उक्त सडकखण्ड बन्द गरेर विरोध जनाएका थिए। मन्त्री ज्वालाले खानेपानी र सडकको काम अघि बढाउदा समन्वयन नहुँदा सडक निर्माणमा ढिलाई भएकाले अव छिटो काम सम्पन्न हुने विश्वास व्यक्त गरे।
मन्त्री ज्वालाले समयमा नै आयोजना सम्पन्न गर्न मुलुकको विकासको मोडललाई पनि परिवर्तन गर्नुपर्ने अवस्था देखिएको भन्दै अन्तरमन्त्रालय समन्वयनमा पनि ध्यान दिनुपर्ने अवस्था रहेको जिकिर गरे।
Facebook Comment