जी-७ शिखर सम्मेलनमा सोधिएको त्यो प्रश्न जसलाई जापानका प्रधानमन्त्रीले बेवास्ता गरे
काठमाडौं । जी-७ शिखर सम्मेलनको अन्तिम पत्रकार सम्मेलनमा जापानका प्रधानमन्त्री फुमियो किशिदाले एउटा प्रश्नलाई बेवास्ता गरेका छन् । सम्मेलनको आयोजना जापानले नै गरेको थियो ।
एक पत्रकारले जापानका प्रधानमन्त्री किशिदालाई यो शिखर सम्मेलनमा आणविक अप्रसारको विषयमा के के उपलब्धि भयो भनेर सोधे । किशिदाले यसबारे कुनै प्रतिक्रिया दिएनन्, त्यसपछि पत्रकारले भने, ‘यो प्रश्नबाट भाग्दै हुनुहुन्छ ?’
त्यसपछि उनी मञ्चमा फर्किए । जापानमा, जी-७ बाट आणविक अप्रसारको बारेमा धेरै अपेक्षाहरू छन् र त्यहाँका आलोचकहरूले जी-७ सम्मेलनमा कुनै सफलता नभएको बताउँछन्।
किशिदा हिरोसिमाका सांसद हुन् । पत्रकार सम्मेलनमा उनले विश्वका अन्य देशका नेताहरुबाट आणविक हतियार घटाउने आश्वासन पाएको बताए ।
सन् १९४५ मा अमेरिकाले जापानको हिरोसिमा सहरमा परमाणु बम खसालेको थियो जसमा सम्पूर्ण सहर ध्वस्त भएको थियो । विश्वलाई शान्तिको सन्देश दिन जापानले यो सहर जी ७ को बैठकका लागि छनोट गरेको थियो ।
Facebook Comment