८ वर्षको उमेरमा खेल्दै गर्दा दुर्घटना, ५४ वर्षपछि थाहा भयो, डाक्टरको ठूलो लापरवाही सार्वजनिक

डिसी नेपाल
८ जेठ २०८० १७:१५

काठमाडौं । जुत्तामा ढुंगा पर्यो वा खाएको भातमा ढुङ्गा पर्यो भने कस्तो लाग्छ ? एक महिलाले ५४ वर्षदेखि यो समस्याको सामना गरिरहेकी छिन् । यति लामो समयसम्म उनको आँखामा ढुङ्गा थियो। स्पेनकी ६२ वर्षीया डोमी भन्छिन्, ‘हामी २० भन्दा बढी डाक्टरकहाँ गयौं र सबैले मलाई पागल जस्तै व्यवहार गरे।’ यो घटना डोमीसँग सन् १९६५ मा ८ वर्षको उमेरमा बगैँचामा प्रयोग गरिएको कोदालोसँग खेल्दै गर्दा भएको थियो ।

न्यूयोर्क पोस्टको रिपोर्टका अनुसार खेल्दै गर्दा उनको आँखामा ढुंगा पसेको थियो । त्यसपछि रगत पनि बग्न थाल्यो । जब डोमी डाक्टरकहाँ गइन्, उनलाई कुनै खतरा नभएको बताइएको थियो । डोमीले आफू २० जना डाक्टरकहाँ गएको र सबै ठाउँमा एउटै कुरा सुनेको दाबी गरिन् ।

१४ देखि १८ वर्षको उमेरसम्म उनको आँखामा आराम भयो । तर आँखामा ढुंगा भएको थाहा थियो, त्यसैले उनी डाक्टरकहाँ गइरहिन् । तर डाक्टरहरूले यो कुरा बुझ्न सकेनन्। उनी २८ वर्षको उमेरमा आँखा दुख्ने समस्याका कारण विशेषज्ञकहाँ गइन् । तर ती डाक्टरले उनको मानसिक स्वास्थ्यमा मात्रै प्रश्न उठाए ।

सन् १९९६ मा आँखाका डाक्टरले अल्ट्रासाउन्ड र सीटी स्क्यान गरे र आँखामा अनौठो कुरा भएको बताए । तर उनीहरूले यसलाई ढुङ्गाको सट्टा गाँठो भने। सबैले पुराना डाक्टरको रिपोर्ट हेरेर त्यसकै आधारमा उपचार गरेको डोमीले बताइन् । आँखाभरि आँसु लिएर डाक्टरको क्लिनिक छोड्नुपर्‍यो । तर सन् २०१९ मा एक शल्यक्रियाका क्रममा म्याड्रिडका डाक्टरहरूले आँखाभित्र अड्किएको ढुंगा फेला पारे ।

सोही वर्ष डोमीले एक्स्ट्रेमादुरा स्वास्थ्य सेवालाई कानुनी कारबाही गर्ने निर्णय गरेकी थिइन् । उनी यसलाई आफ्नो लामो संघर्षको जिम्मेवार मान्छिन्। अदालतको आदेशपछि उनले ९७ हजार डलर क्षतिपूर्ति पाउनेछिन् ।

चिकित्सकको लापरवाहीका कारण महिलाले यति धेरै पीडा भोगेको यो पहिलो पटक भने होइन । यसअघि दुई दशकपछि महिलाको पेटबाट भ्यासलीनको स्ट्रिप्स निकालिएको समाचार आएको थियो । जसलाई चिकित्सकले शल्यक्रियाका क्रममा संयोगवश पेटमा छोडेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *