रामेछापमा करेन्ट लागेर एक युवकको मृत्यु

डिसी नेपाल
८ जेठ २०८० १९:२०

काठमाडौं । रामेछाप लिखु तामाकोशी गाउँपालिका–२, सिरिसेमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

सोमबार दिउँसो लिखु खोलामा माछा मार्न लगेको तारबाट करेन्ट प्रवाह हुँदा २९ वर्षीय सुवास कार्कीको मृत्यु भएको सिरिसे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्की नुहाउन लिखु खोलामा गएका थिए ।

नुहाइसकेपछि कपडा सुकाएको र त्यसपश्चात खोलामा माछा मार्नका लागि आफैंले लगेको तारबाट करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको बताइएको छ । स्थानीय अर्का एक युवकले बंगुरलाई चारो दिने क्रममा कार्की छट्पटाएको देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *