इमरान खानले पाकिस्तान सरकारलाई हिटलरसँग तुलना गरे

डिसी नेपाल
९ जेठ २०८० १०:३९

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पाकिस्तानको वर्तमान सरकारलाई हिटलरसँग तुलना गरेका छन् ।

हिटलरले आफ्नो विरोधी कम्युनिष्टलाई कुचल्न जसरी आगजनीको घटनालाई प्रयोग गरे, पाकिस्तानमा पनि त्यस्तै भइरहेको उनले बताए ।

उनले ट्वीटरमा एउटा तस्विर शेयर गरेका छन्, जसमा लेखिएको छ कि २७ फेब्रुअरी १९३३ मा जर्मन संसदको भवनमा आगलागी भएको थियो ।

उनले लेखे, “कम्युनिष्टहरूले ठूलो हिंसात्मक घटनाको तयारी गरिरहेको आरोप लगाउँदै नाजी नेतृत्व र यसका सहयोगीहरूले यस घटनालाई आफ्नो फाइदाको लागि प्रयोग गरे । त्यसपछि उनीहरूले भने कि यसलाई रोक्न आपतकालीन कानून आवश्यक छ। यो कानून जनताको संवैधानिक संरक्षण हटाउन प्रयोग गरिएको थियो, जसले नाजी तानाशाहीको लागि मार्ग प्रशस्त गर्यो।”

इमरान खान गत मे ९ मा पाकिस्तानमा पक्राउ परेपछि उनका समर्थकहरुको आक्रोश बढेको थियो । उनका समर्थक धेरै सहरमा सडकमा उत्रिएका छन् ।

यी समर्थकहरूको क्रोध विशेष गरी पाकिस्तानी सेनामा निस्किएको थियो। आक्रोशित भीडले लाहोरस्थित कोर्प्स कमाण्डरको घरमा आक्रमण गरेको थियो ।

लाहोर बाहेक रावलपिंडीमा रहेको सेनाको मुख्यालयमा पनि मानिसहरु प्रवेश गरेका थिए । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आइतवार मे ९ देशको इतिहासमा कालो दिन भएको बताएका छन् ।

यस विषयमा इमरान खानका धेरै समर्थकलाई पक्राउ गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *