तारिक रमजान : इस्लामिक विद्वान जसलाई स्वीस अदालतले बलात्कारको आरोपबाट सफाइ दियो
काठमाडौं । स्विट्जरल्याण्डका प्रमुख इस्लामिक विद्वान तथा शिक्षाविद् तारिक रमादानलाई जेनेभाको एक अदालतले बलात्कार र यौन सम्बन्ध राख्न दबाब दिएको आरोपबाट सफाइ दिएको छ ।
उनले सन् २००८ मा होटलको कोठामा महिलासँग यौन दुर्व्यवहार गरेको आरोप अस्वीकार गरेका थिए । पीडित महिलाले यो निर्णयविरुद्ध पुनरावेदन गर्ने बताइन् । तारिक रमादानलाई फ्रान्समा बलात्कारको आरोप लागेको थियो ।
यसअघि उनी अक्सफोर्ड विश्वविद्यालयमा इस्लामिक अध्ययनका प्रख्यात प्राध्यापक थिए। यही घटनाका कारण उनी ६ वर्षअघि बिदामा जान बाध्य भएका थिए ।
तारिक रमदानले सधैं आफूलाई निर्दोष बताउने गरेका छन् । उनले आफूमाथि राजनीतिक उद्देश्यका लागि यस्ता आरोप लगाइएको दाबी गरे ।
फ्रान्सको अभियोजन विभागले उनीसँग सम्बन्धित चारवटा मुद्दाको अनुसन्धान गरिरहेको छ।
Facebook Comment