चिनियाँ ह्याकरहरूको समूहले महत्वपूर्ण अमेरिकी नेटवर्कहरूमा जासुसी गरिरहेको खुलासा

डिसी नेपाल
११ जेठ २०८० १५:५९

काठमाडौं । पश्चिमी गुप्तचर अधिकारीहरू र माइक्रोसफ्टले चेतावनी दिएका छन् कि चिनियाँ ह्याकरहरूको समूहले महत्त्वपूर्ण अमेरिकी नेटवर्कहरूमा जासुसी गरिरहेको छ।

यस ह्याकर समूहलाई चिनियाँ सरकारको आशीर्वाद रहेको उनीहरूको भनाइ छ ।

बेलायत, अष्ट्रेलिया, क्यानडा र न्युजिल्याण्ड सम्मिलित अमेरिकी राष्ट्रिय सुरक्षा निकाय र यसको सहयोगी गुप्तचर संस्था ‘फाइभ आइज इन्टेलिजेन्स नेटवर्क’ले विश्वभर यस्ता गतिविधि भइरहेको बताएको छ ।

माइक्रोसफ्टले यस ह्याकर समूहलाई ‘भोल्ट टाइफुन’ कोडनेम दिएको बताएको छ ।

ह्याकरहरूको यो समूहले ‘भविष्यको संकट’ को समयमा अमेरिका र एसियाबीचको महत्त्वपूर्ण सञ्चारमा बाधा पुर्‍याउने उपायहरू खोजिरहेको छ।

माइक्रोसफ्टले पनि ‘भोल्ट टाइफुन’ को निशाना अमेरिकाको प्रशान्त क्षेत्रको गुआम रहेको बताएको छ । यहाँ महत्वपूर्ण सैन्य अड्डाहरू छन् जुन ताइवानको सन्दर्भमा कुनै पनि संकट उत्पन्न भएमा अमेरिकाका लागि महत्त्वपूर्ण छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *