एसिया कप कहाँ खेलिनेछ भन्नेबारे बीसीसीआइ सचिव जय शाहले के भने ?

डिसी नेपाल
१३ जेठ २०८० १०:०२

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोक बोर्ड बीसीसीआई सचिव जय शाहले आईपीएल फाइनलका क्रममा एसियाली क्रिकेट काउन्सिल (एसीसी) प्रतिनिधिको बैठकपछि एसिया कप आयोजना गर्ने देश वा ठाउँको अन्तिम निर्णय हुने बताए।

जय शाहले भने, “एशिया कप आयोजना गर्ने बारे अन्तिम निर्णय भइसकेको छैन। हामी आईपीएलमा व्यस्त छौं तर श्रीलंका क्रिकेट बोर्ड, बंगलादेश र अफगानिस्तान क्रिकेट बोर्डका शीर्ष प्रतिनिधिहरू आईपीएलको फाइनल हेर्न आउँदैछन्। कपको बारेमा छलफल गर्नेछौं र उपयुक्त समयमा अन्तिम निर्णय लिइनेछ ।”

यसपटक एसिया कप पाकिस्तानले आयोजना गरेको भएपनि अहिले भारतीय क्रिकेट टोलीलाई त्यहाँ जान गाह्रो छ ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले एसिया कपका लागि हाइब्रिड मोडल ल्याएका थिए जसअन्तर्गत पाकिस्तानमा चार खेल खेल्ने शर्त राखिएको थियो । यो योजना अहिले पाकिस्तानले स्थगित गरेको छ ।

एसीसी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले नजम सेठीको हाइब्रिड मोडलमा श्रीलंका, बंगलादेश, नेपाल र अफगानिस्तानका खेलहरू पाकिस्तानमा र भारतका खेलहरू अन्य कुनै ठाउँमा खेलाउने प्रस्ताव गरेको उल्लेख गरेको छ। तर, एसीसीले यो प्रस्तावमाथि कुनै निर्णय गरेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *