पानीको पाइप फुट्दा एक जनाको मृत्यु, ३० भन्दा बढी घाइते
काठमाडौं । आसामको राजधानी गुवाहाटीको खरगुली क्षेत्रमा बिहीबार दिउँसो जाइकाको पानी आपूर्ति मेन लाइनको पाइप फुट्दा एक महिलाको मृत्यु भएको छ ।
यस घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् । विस्फोटले ठूलो मात्रामा पानी निस्कियो जसले धेरै सवारी साधनहरू बगाएको छ र कम्तिमा ४० घरहरूमा क्षति पुगेको छ।
घटनामा मृत्यु हुने महिलाको नाम सुमित्रा राभा रहेको छ । खानेपानीको पाइप फुट्दा सबैभन्दा बढी क्षति भएका घरमा सुमित्राको घर पनि परेको छ ।
घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ । अहिले प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरी विस्फोटको कारणबारे अनुसन्धान गरिरहेको छ ।
गुवाहाटी महानगरपालिका विकास प्राधिकरणले छिट्टै खानेपानी सुचारु हुने आश्वासन दिए पनि यस घटनाप्रति जनतामा चर्को आक्रोश छ ।
पीडितले जीएमडीएसँग आफ्नो सम्पत्तिमा भएको क्षतिको क्षतिपूर्तिको माग गरेका छन् ।
गुवाहाटी विकास विभागका मन्त्री अशोक सिंघलले सञ्चारमाध्यममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन यस विषयमा छानबिन गर्न आग्रह गरेका छन् ।
Facebook Comment