कम्बोडियामा गोहीको घेरामा फसे एक व्यक्ति, त्यसपछि सार्वजनिक भयो डरलाग्दो दृश्य
काठमाडौं । कम्बोडियामा गोहीको हेरचाह गर्ने एक व्यक्ति गोहीको घेरामा फसेका छन् । झण्डै ४० गोहीले उनलाई केही सेकेण्डमै टुक्रा टुक्रा पारे ।
स्थानीय प्रहरीले लुआन नाम गरेका ७२ वर्षीय व्यक्ति अण्डामा बसेको गोही हटाउन उनीहरूको घेरामा प्रवेश गरेको बताएको छ ।
तर गोहीहरूले त्यो लट्ठी आफ्नो मुखले समातेर उनलाई आफ्नो घेरामा ताने । उनले लठ्ठीले गोहीलाई हटाउन खोजेका थिए । त्यही क्रममा करिब ४० गोहीले उनलाई आक्रमण गरे ।
घटना शुक्रबार सिम रीप सहरमा भएको हो । मारिएका व्यक्तिको शरीरभर टोकाइको निशान थियो । उनको एउटा हात पनि हराइरहेको छ । उनी गोही पालन किसान संघको अध्यक्ष पनि थिए ।
सन् २०१९ मा यही फार्ममा गोहीको आक्रमणबाट दुई वर्षीया बालिकाको मृत्यु भएको थियो । यो फार्म विश्व प्रसिद्ध अंकोरवाट मन्दिरको अगाडि छ।
दक्षिण एसियाली देशहरूमा गोहीको अण्डा, छाला र मासु प्रयोग गरिन्छ।
Facebook Comment