समान गणतन्त्रका असमान नीति
मुक्तिका लागि दुई हजार सात सालदेखि विभिन्न मोर्चाबन्दी सडक संघर्षदेखि जनयुद्ध जन आन्दोलन हुँदै संघीय गणतन्त्रसम्म हजारौं योद्धाको रगत, पसिना र आशु बगेको छ। दर्जनौं घरपरिवार अहिले पनि आफ्नो बेपत्ता परिवारको सम्झनामा शोकाकुल छन्।
लाखौं लाख युवा युवती बेरोजगार भएर परिवारको सानो खुसीको लागि खाडीको तातो मरुभूमिमा चिसो बालुवा चाल्दै छन्। दैनिक एक पछि अर्को बिदेशी भूमिबाट अन्तर्राष्ट्रिय विमानस्थलमा शवको थुप्रो लागेको छ।
देशकै राजधानी मानिने काठमाडौं शहरमा दिउँसै हत्या हिंसा मानव बेचबिखन लुटपाट ठगी धन्दा चल्छ। लोकतन्त्रको नाममा सत्ताको पहुँचमा पुगेका ठूला नेता भनिने बिदेशी दलाल र एउटा घरमा भएको बफादार कुकुर जस्तै तिनका बफादार कार्यकर्ताहरुले नै लुटतन्त्र मचाइ रहेका छन्।
नेपालको कुनै पनि सरकारी स्कुलमा गुणस्तरीय शिक्षा छैन। नेपालको कुनै पनि सरकारी हस्पिटल र स्वास्थ्य चौकीमा न आवश्यक औषधि छ, न भरपर्दो दक्ष जनशक्ति स्वस्थ्यकर्मी नै छन्। सरकारी कार्यलयहरुमा इमान्दार कर्मचारीको अभाव छ। कर्मचारीको नाममा घुसखोरीहरुको बिगबिगी छ।
स्वस्थ्यकर्मीको नाममा मेडिकल माफियाहरु छन्। सरकारी विद्यालयमामा सरकारी तलब र भत्ता खाएर आफ्ना छोराछोरी महँगो प्राइभेट स्कुल पढाएर गरिवका छोराछोरीलाई अलमल्याइ रहेका छन्। ती विद्यालयको ब्यवस्थापन समिति अध्यक्ष,सदस्य ठूलो शहर महँगा प्राइभेट स्कुल पढ्ने छोराछोरीका आमा बुवा हुन्।
सबैले धकेल्दा धकेलिने गरिबको एक ठेला छ
राजनीति राजकाजमा भुस्याहा कुकुरको भेला छ।
एउटै कुरा कसैले संबैधानिक कसैले असंवैधानिक
थुक! फिल्डमा हेर्दा पनि दुरुस्तै अनुहारको चेला छ।।
माथिको हिमाल पहाड तलको तराई काहीँ देखिन
सधैं मिठा भाषण उपलब्धि कुन समय कुन बेला छ।।
पुराना राजाले देखे न अहिलेका महाराजाले देखे
दुर्भाग्य गरिखाने वर्ग जन्मे देखि मर्दा सम्म हेला छ।
विकास प्रेमी भन्नेहरु पाँच बर्ष कहाँ हराए हराए
चुनाव आएर होला गाउँ गाउँमा मुखियाको मेला छ।।
सिंहदरबार गाउँ गाउँमा छ तर त्यो सिंहदरबार सगै प्रायः श्रमजीवी श्रमिकको रगत र पसिना चुसेर डम्म परेको मानव रुपी दानव सिंह भएर जनप्रतिनिधिको रुपमा जन्म पाएका छन्।
नेपालको कुनै पनि सरकारी स्कुलमा गुणस्तरीय शिक्षा छैन। नेपालको कुनै पनि सरकारी हस्पिटल र स्वास्थ्य चौकीमा न आवश्यक औषधि छ, न भरपर्दो दक्ष जनशक्ति स्वस्थ्यकर्मी नै छन्। सरकारी कार्यलयहरुमा इमान्दार कर्मचारीको अभाव छ। कर्मचारीको नाममा घुसखोरीहरुको बिगबिगी छ।
दुधको हेरालो बिरालो भने जस्तै तिनै लुट्न जानेका ढाट्न जानेका बिकासको नाममा शिलन्यास र उद्घाटनको नाममा रांगा खसी बोका काट्न जानेका सरकारी बजेट कहाँ कहाँ के कति कुन कुन शीर्षकमा निकासा गरि खल्तीमा हाल्न सकिन्छ भनेर अगाडि देखि नै राम्रो ज्ञान र सीप भएका छन्।
तिनीहरुलाई थाहा छैन चुइने छानो भित्रको बास कस्तो हुन्छ। तिनीहरुलाई थाहा छैन बिहानको छाक खाए बेलुका के खाने बेलुका खाए बिहान के खाने चिन्ता गर्ने परिवारको भान्सा कस्तो हुन्छ? तिनीहरुलाई थाहा छैन दिनभरि साहुको काम गरेर बिहान बेलुका छाक टार्नेको मजदुरी।
तिनीहरुलाई थाहा छैन आफ्नो परिवार र सन्तानको भबिस्य निश्चित गर्नको लागि अर्काको देशमा गएर चौध घण्टा, अठार घण्टा अत्याधुनिक मेसिनमा रोबर्ट जसरी काम गरेर पसिना खल खल बगाउनेको वास्तविक कथा। त्यसैले यी सबै व्यर्थै लाग्छ जो गरि खाने वर्गको लागि यी सबै तन्त्र किमार्थ छन्।
जबसम्म मजदुर किसान वर्गको सम्मान हुँदैन, तबसम्म हाम्रो देश बिकाश हुनै सक्दैन। त्यस्तै अस्थिर राजनीति स्थिरतातर्फ जाँदैन तबसम्म बिदेशीको अखडा नेपाल बनी रहेको छ, बनिरहने छ। देश भाषण र नारामा मात्र समृद्धि कायम रहने छ।
गणतन्त्र, मौलिक स्वतन्त्रता, धर्म निरपेक्षता, समानता, सार्वभौमसत्ता जनतामा निहीत यी सबै कुराको नीतिमा मात्र सीमित छ यसलाई रक्षा गर्न हिजो विभिन्न कालखण्डमा भएका घटनाको सम्मान गर्दै सबै उपलब्धिलाई संस्थागत गरेर कार्यनयनतर्फ लैजानु पर्छ।
देशमा कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचन हुनुपर्छ। अस्वभाविक तवरबाट राज्यको सम्पत्तिमा गिद्दे नजर राख्ने, समाजमा जघन्य अपराध गर्ने सबैलाई संविधानको सम्बन्धित धारा उपधारा परिमार्जन गरि त्यस्ता ब्यक्तिलाई फासी दिनुपर्छ।
यसले अपराध न्यूनीकरण हुनुका सातै राज्यको करोडौं पैसा सञ्चितिमा टेवा पुग्छ देशै भरिको सडक यातायात हवाई यातायात सबै राज्यको स्वामित्वमा हुनुपर्छ। आधुनिक शिक्षा आवश्यक अधिकतम स्वस्थ्य र रोजगारीको सरकारले ग्यारेन्टी गर्नुपर्छ।
देशमा सबैखाले सिन्डिकेट पूर्ण रुपमा अन्त्य गरि सबै क्षेत्रमा राज्यले आफ्नो स्वामित्वमा लिनुपर्छ। यसको लागि अहिलेकै पुराना राजा राजकुमारको जुुठो खाएर हुर्केकाहरुबाट बिल्कुलै सम्भव छैन।
त्यसैले अहिलेका शासन सत्ताको नजिक रहेकाहरुले आफू अनुकुल समान गणतन्त्रमा असमान नीति बनाएका छन् र हिजो एक सकली राजाले गरेको सकली शासन अहिले २०७९ मंसिर चार गते यो समयसम्म पनि ठ्याक्कै त्यस्तै हजारौं नकली राजाहरुले नकली शासन गरिरहेका छन्।
समाजवाद उन्मुख नेपालको संविधानले परिकल्पना गरेको भन्दा ठ्याक्कै उल्टो दिशामा देश अगाडि बढिरहेको छ। देशमा पुराना सामन्तवादका केही अवशेषहरुले गणतन्त्र, संघीयता राज्यको सबै अंगमा समानुपातिक समावेशी जस्ता धेरै लामो समय नेपाली जनताको संघर्ष पछिका उपलब्धिलाई गलत ब्याख्या गर्न खोजिएको छ।
यसले अहिले तत्काल नभए पनि भविष्यमा यसले हानि पुर्याउँछ त्यसैले यस्ता अवशेषलाई बेलैमा निमिट्यान्न पार्नु बुद्धिमानी हुनेछ। देशभर शान्तिको आभास गर्नु राज्यको दायित्व र जिम्मेवार हो। यसको लागि सबैभन्दा पहिला भारत सँगको खुल्ला नाका बन्द गर्नु अति आवश्यक छ।
त्यसैले सिमानामा काडेतार लगाउनु पर्छ। देशभित्रको अपराध नियन्त्रण गर्न राज्यको सम्बन्धित निकायले मापदण्ड बनाइनु पर्छ र उक्त मापदण्डअनुसार सबै खाले अपराध न्यूनीकरण गर्नुका साथै नेपालीको संविधानले परिकल्पना गरेको समाजवादको यात्रामा देशलाई अगाडि बढाउन धेरै नै ढिला भैसकेकोले सबै नेपाली आआफ्नो ठाउँबाट जुरमुराउनु पर्छ।
लेखक नेपाली मजदुर एकता समाजका अभियान्ता तथा मलेशिया समितिका अध्यक्ष हुन्।
Facebook Comment