अमेरिकालाई बचाउन सक्ने १,०००,०००,०००,००० अमेरिकी डलरको सिक्का !

डिसी नेपाल
१४ जेठ २०८० १२:१७

काठमाडौं । अमेरिकालाई ऋण संकटबाट जोगाउन रिपब्लिकन र डेमोक्र्याटहरूका लागि समय द्रुत गतिमा कम हुँदै गइरहेको छ।

जून महिना अगाडि कर्जाको सीमा बढाउने विषयमा कुनै सहमति भएन भने अमेरिका डिफल्ट हुनेछ । अमेरिका सम्पूर्ण विश्वको अर्थतन्त्रको केन्द्रविन्दु भएकाले यसले विश्व अर्थतन्त्रलाई पनि असर गर्छ ।

हालका दिनहरूमा ह्वाइट हाउस र कांग्रेसमा रिपब्लिकनहरूले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको संकेत गरेका छन्। तर पनि जनतामा अन्योल छ ।

यस्तो अवस्थामा केही विद्वान र विश्लेषकहरूले अन्तिम उपायका रूपमा एक ट्रिलियन (१० अर्ब) अमेरिकी डलर बराबरको प्लेटिनम सिक्काको चर्चा गर्न थालेका छन् जसले देशलाई डिफल्ट हुनबाट बचाउन सक्छ ।

सन् १९९७ मा बनेको कानूनले अमेरिकी ट्रेजरी सेक्रेटरीलाई कुनै पनि कारण र कुनै पनि मूल्यको प्लेटिनम सिक्का बनाउन अनुमति दिन्छ।

प्लेटिनम सिक्काको वकालत गर्नेहरू भन्छन् कि यदि कांग्रेसले ऋण सीमा बढाउन सहमत भएन भने, यस तरिकाले अमेरिकी सरकारले आफ्नो खर्च वहन गर्न सक्छ र डिफल्ट हुनबाट बच्न सक्छ।

यद्यपि ट्रेजरी सेक्रेटरी जेनेट येलेनले यो विचारलाई अस्वीकार गरे पनि बाइडेन प्रशासनका केही अधिकारीहरू यसमा सकारात्मक छन्।

यदि सरकारले यस्तो निर्णय गर्यो भने सरकारी टकसाल (मिन्ट) ले एक ट्रिलियन डलरको सिक्का ढलान गर्नेछ।

यद्यपि, यो अमेरिकी ऋण सीमा बढाउनको लागि कहिल्यै समाधानको रूपमा प्रयोग भएको छैन।

तर जनताले किन्न सक्ने विशेष संस्करणको सिक्का जारी गर्ने अधिकार ट्रेजरी सेक्रेटरीलाई छ।

एक ट्रिलियन डलरको प्लेटिनम सिक्का बनाउने निर्णय गरियो भने के हुनेछ?

“उनीहरूले सिक्कामा एक ट्रिलियन डलर लेखेर फेडरल रिजर्भमा पठाउनु पर्छ,” अमेरिकी मिन्टका पूर्व प्रमुख फिलिप डील भन्छन्।

यत्तिको उच्च मूल्यको प्लेटिनम सिक्का धेरै ठूलो र गह्रौं हुने कल्पना गरिए तापनि यो वास्तवमा खल्तीमा बोक्न सकिने एक चौथाई डलरको सिक्का जत्तिकै हुन्छ।

सिक्कामा एक ट्रिलियनमा शून्यको संख्या लेख्न आवश्यक छैन, केवल एक ट्रिलियन डलर लेखे पर्याप्त हुनेछ।

अब प्रश्न उठ्छ कि जब सिक्काको मुल्य लेखेर नै तय गर्नुपर्छ भने प्लेटिनम सिक्का मात्र किन ?

वास्तवमा, अमेरिकी कानून अनुसार, ५० डलर भन्दा बढी मूल्यको सिक्काका लागि प्लेटिनम धातुको प्रयोग अनिवार्य गरिएको छ।

ट्रिलियन डलरको सिक्का बनाउने विचार लिएर आएका विल्मेट युनिभर्सिटीका प्रोफेसर रोहन ग्रे भन्छन्, ‘यदि डिफल्ट हुने र मुद्रा छाप्ने विकल्पको बीचमा छनोट गर्नुपर्‍यो भने तपाईले के गर्नुहुन्छ ? कार्यकारीले डिफल्टलाई अनुमति दिन सक्दैन। ”

वास्तवमा, डिफल्टबाट बच्न एक ट्रिलियन डलरको सिक्का जारी गर्ने विचार पहिलो पटक २०१० मा कार्लोस मुचा नामक एट्लान्टा वकिलले ब्लगमा दिएका थिए।

कार्लोसलाई थाहा भयो कि १९९७ को मुद्रा ऐन अन्तर्गत, प्लेटिनम सिक्का मुद्रण गर्न अनुमति दिइएको छ।

उनले आफ्नो लेखमा लेखेका छन्, “चाखलाग्दो कुरा के छ भने, कांग्रेसले ट्रेजरीलाई एक ट्रिलियन डलरको सिक्का मुद्रण गर्ने अधिकार दिएको छ।”

आफ्नो कुराको ह्वाइट हाउस र क्यापिटल हिलमा पनि छलफल हुनेछ भन्ने मुचालाई थाहा थिएन।

केही दिन पछि पूर्व मिन्ट निर्देशक फिल डिएलबाट कार्लोसको प्रस्तावले ‘वास्तवमा काम गर्न सक्छ’ भनेर मेल प्राप्त भयो।

यो कुरा भाइरल भयो र ब्लगका समर्थकहरूको संख्या बढ्न थाल्यो, तर बाराक ओबामाको पहिलो कार्यकालमा ऋण संकट नभएपछि २०११ सम्म यो सार्वजनिक बहसको मुद्दा बन्न सकेन।

त्यसबेला ७,००० हस्ताक्षरसहितको एउटा पत्र प्रकाशित भएको थियो, जसमा नोबेल पुरस्कार विजेता पल क्रुगम्यान र फिलिप डिएलजस्ता प्रख्यात अर्थशास्त्रीहरूले यसलाई समर्थन गरेका थिए।

ट्विटरमा #MintTheCoin ह्यासट्यागको साथ अभियान पनि सुरु गरिएको थियो। तर, त्यसबेलाको राजनीतिक सङ्कटको समाधानका कारण यो विषय अगाडि बढ्न सकेन ।

ऋणको सीमा बढाउन अमेरिकामा जारी संकटमा जो बाइडेनको सरकारले त्यस्तो कुनै विकल्पमा विचार गर्न अस्वीकार गरेको छ ।

ट्रेजरी सेक्रेटरी जेनेट येलेनले केही दिन अघि भनेकी थिइन्, “मलाई लाग्छ यो ठगी हुनेछ।”

केही विज्ञहरूको तर्क छ कि ट्रिलियन डलरको सिक्का जारी गर्ने प्रस्तावले रिपब्लिकनहरूसँगको वार्तामा डेमोक्र्याटको लागि हतियारको रूपमा काम गर्न सक्छ।

रिपब्लिकनहरू ऋण सीमा बढाउन जो बाइडेनको अपीलमा सहमत छैनन् र सार्वजनिक खर्च कटौती गर्न माग गरेका छन् ।

जुन १ सम्ममा दुवै पक्ष सहमतिमा पुगेनन् भने अमेरिकाले ऋण भुक्तान गर्न असफल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *