उत्तर कोरियाली नेता किम जोङ उनसँग किन बिना शर्त भेट्न चाहन्छन् जापानी प्रधानमन्त्री ?
काठमाडौं । जापानी प्रधानमन्त्री फुमियो किशिदाले शनिबार उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्न चाहेको बताएका छन् ।
जापानी प्रधानमन्त्रीले सन् १९६० र ७० को दशकमा जापानी नागरिकको अपहरणका विषयमा कुराकानी गरेर समस्या समाधान गर्न चाहेका छन् ।
जापानी अखबार मैनिची शिम्बानका अनुसार किशिदाले भने, “म अब बिना कुनै शर्त किम जोङ उनलाई प्रत्यक्ष भेट्न चाहन्छु।”
टोकियोमा यस विषयमा भेला भएका जनतालाई किशिदाले यस्तो बताएका हुन् ।
उत्तर कोरियाले सन् २००२ मा दशकअघि १३ जापानी नागरिकको अपहरण गरेको स्वीकार गरेको थियो ।
पछि अपहरणमा परेका पाँचजना र उनीहरुका परिवार जापान फर्किए । यी मानिसहरूले भनेका थिए कि बाँकी मानिसहरू मरे।
तर, जापानले आफ्ना १७ जना नागरिक अपहरण गरेको र त्यसको अनुसन्धान जारी रहेको विश्वास गरेको छ ।
Facebook Comment